शल्यक्रियाको चार हप्ताअघि धुम्रपान नगरे खतरा कम हुने
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार १४:२८:९
७ माघ एजेन्सी । शल्यक्रिया गर्नुपर्ने कुनै पनि बिरामीको शल्यक्रिया गर्नुभन्दा चार हप्ता अगाडि धुम्रपान छाडेमा त्यसबाट हुने खतरा धेरै कम हुने एक अध्ययनले देखाएको छ । कम्तीमा चार हप्ता अगाडिदेखि मात्रै पनि धुम्रपान नगरेमा रगतमा धेरै सुधार भएर शल्यक्रियापछि हुने संक्रमणको संभावना निकै कम हुने सोमबार सार्वजनिक भएको अध्ययनमा देखाइएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको त्यस अध्ययनमा धुम्रपान गर्नेहरुलाई ठूलो सानो दुवै प्रकारका शल्यक्रियापछि संक्रमणको खतरा बढी हुने भएपनि चार हप्ता अगाडिदेखि नगरेकाहरूलाई पनि कम खतरा देखिएको उल्लेख छ । अध्ययनका अनुसार यस्तो गर्नाले मुटुले काम गर्ने क्षमतामा पनि बृद्धि हुने गरेको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।अष्ट्रेलियाको न्युक्यास्टल विश्वविद्यालय र वर्ड फेडेरेसन अफ सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट (डब्लुएफएसए) सँगको सहकार्यमा डब्लुएचओले अध्ययन गरेको हो ।
चार हप्तासम्म तमाखु सेवन नगर्दा स्वास्थ्य अवस्थामा १९ प्रतिशत जति सुधार हुने गरेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । “कुनै पनि विरामीको सानो वा ठूलो जस्तो सुकै शल्यक्रिया गर्दा पनि शल्यक्रिया गर्नुभन्दा कम्तीमा चार हप्ता अगाडीदेखि धुम्रपान सेवन नगरेमा उसको स्वास्थ्यमा धेरै राम्रो परिणाम देखिने तथ्य पत्ता लागेको छ,” डब्लुएचओको सूर्ती निषेध इकाइका प्रमुख डा. विनायक प्रसादले भने ।
धुम्रपानका कारण फोक्सोलाई नोक्सान गर्ने र त्यसले शरिरका अन्य अङ्गको स्वास्थ्यलाई पनि असर गर्ने तथा शारिरिक समस्या सृजना गर्ने उनले बताए । डब्लुएचओले सवै देशहरुले धुम्रपान विरुद्धको सचेतना बृद्धि गर्नु पर्ने खाँचो औल्याउँदै त्यसका लागि चेतनामुलक कार्यक्रम र शैक्षिक अभियानहरु संचालन गर्न पनि सुझाव दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार