‘बीबीसीका टोनी हलद्वारा ६ महिनापछि जिम्मेवारी छोड्ने’
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार १४:४१:२७
७ माघ एजेन्सी । विश्वप्रसिद्ध बेलायती समाचार संस्था बीबीसीका महानिर्देशक टोनी हलले आगामी छ महिनाभित्र राजिनामा दिने सोमबार त्यहाँ कार्यरत कर्मचारीहरूलाई सोमबार बताए ।
पछिल्लो समय बीबीसीमा समान तलब र यसको वित्तीय व्यवस्थापनमाथि न्यायाधिकरणले प्रश्न उठाउँदै गरेको आदेशपछि तनाबमा रहेको अनुमानहरू गरिएका थिए । बीबीसीका कर्मचारीहरूलाई सामुहिक इमेल सन्देश लेख्दै उनले भने “मैले यस संस्थाका लागि सक्ने सबै कुरा आगामी छ महिनामा दिनेछु तर ग्रीष्म ऋतु पहिले मैले महानिर्देशकबाट हट्नेछु ।”
उनले लेखेको, “यदि मैले मेरो मनलाई खुलारूपले सोधेँ भने मैले छोड्ने निर्णय गर्न चाहने छैन । तरपनि मलाई विश्वास के छ भने नेतृत्वको महत्वपूर्ण काम संस्थाको हितलाई पहिला राख्नुपर्छ ।” हलले सन् २०१३ मा तत्कालिन कार्यक्रम प्रस्तोता जिम्मी साभिलमाथि बेलायतको बहुचर्चित बाल यौन दुब्यवहारको आरोप लागेपछि विश्वको सबैभन्दा ठूलो प्रशारण संस्थाको ख्यातिलाई स्थापित गरिराख्ने जिम्मेवारीसहित कार्यभार सम्हालेका थिए ।
गत हप्ता समान–पारिश्रमिकका लागि न्यायाधिकरणको अप्रत्याशित आदेशका कारण आर्थिक सङ्कटमा परेको संस्थाबाट उनी पछि हट्ने निर्णय आएको छ । रोजगार न्यायाधिकरणको निर्देशनलाई मान्ने हो भने लाखौँ पाउण्ड बराबरको मूल्य चुकाउनुपर्छ, र लाइसेन्स शुल्कका लागि सरकारसँग सङ्घर्ष गर्नुपर्छ ।
बीबीसीका महिला प्रस्तोता न्यायाधिकरणले समिरा अहमदले आफूलाई पारिश्रमिकमा आफूसरह कार्यक्रम सञ्चालन गर्ने जेरमी भाइनको भन्दा छ गुणा कम पारिश्रमिक दिएको र ज्यालामा विभेद गरेको उजूरीका आधारमा रोजगार न्यायाधिकरणले नयाँ निर्देशन दिएको थियो । बीबीसीमाथि नयाँ प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट निर्वाचनका समय पूर्वाग्रही बनेको आरोप लागेपछि दवाब परिरहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार