रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन परिणामले दिएकाे सन्देश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार १७:४०:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/Fncci-ramechhape_lhIXy6IiZo.jpg)
अन्ततः रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भई परिणाम समेत सार्वजनिक भएको छ । श्याम थापा नेतृत्वको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष केशवप्रसाद घिमिरे र महासचिव जगन्नाथ दाहाल बीच भएको कडा प्रतिष्पर्धामा ९ मतको अन्तरले निकटतम प्रतिद्वन्द्वी जगन्नाथ दाहाल अध्यक्ष पदमा पराजित भएका छन् भने दाहाल नेतृत्वको १२ सीटमा जीत हासिल भएको छ । त्यस्तै घिमिरेसहित उनको समुहकाे २ सीटमा जीत भएको छ । यो सार्वजनिक परिणामको विभिन्न कोणबाट विश्लेषण गरिएको छ ।
रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन चल्दै गर्दाका परिवेशहरु निकै रोमाञ्चकारी भए । व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको उद्योग वाणिज्य संघको यो निर्वाचनको गतिविधि हेर्दा लाग्थ्यो, कुनै राजनैतिक पार्टीको निर्वाचन हुँदै छ । जीत र हारको व्यापक चर्चा र परिचर्चाले पुस २८ गतेदेखि माघको ६ गतेको लुगलुगे जाडोमा समेत चरम गर्मीको महसुस गराएको अवस्था थियो ।
ससर्ती हेर्दा एउटा व्यवसायिक संस्थाको पदाधिकारी छनोटको निर्वाचन हो, यो कुनै विधायक वा अन्य कुनै स्थानीय तहको नेतृत्व छनोटको निर्वाचन होइन । सांसदको निर्वाचन पनि यो होइन । तर यो निर्वाचन त्यो भन्दा फरक भएन । सदरमुकाम मन्थलीलाई तताउने तागत यो निर्वाचनले राख्न सक्यो । रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन ताकाका रमाईला परिदृष्यहरु यस्ता रहे :
उम्मेदवारहरुको अनुहारलाई राजनीति कित्ताकाट
रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्ष दल नेपाली कांग्रेसको राजनैतिक रंग दल्न कसैले बाँकी राखेन । त्यति मात्रै होइन, प्रत्यक्ष-अप्रत्यक्ष रुपमा उम्मेदवारहरु मतदाताहरुकोमा भोट माग्न जाँदा समेत यो पार्टी र त्यो पार्टीको लोभ देखाउन लालयित रहे । हिजोको स्थानीय निर्वाचनको बेलामा गरिए जस्तो आश्वासनका पोका बाँड्न न त अहिले चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु नै अछुतो रहे न त राजनैतिक पार्टीहरु नै । बामपन्थी नेतृत्व र प्रजातान्त्रिक नेतृत्व भनेर प्रष्ट कित्ताकाट गरियो । समिकरण समेत त्यस्तै खालको बनाइयो ।
निर्वाचनमा प्रत्यक्ष राजनीतिको प्रभाव
मन्थली नगरपालिका आफैंमा बामपन्थीहरुको अखडा हो भन्दा फरक पर्दैन । यस नगरपालिकामा भएका १४ वडाहरु मध्ये ४ वटा वडाहरु मात्रै बामपन्थी इतरका छन् । बाँकी १० वटा बामपन्थीका पकडमा छन् । त्यति मात्रै नभएर भएका ८ पालिका मध्ये एउटा पालिका बामपन्थी इतरमा छ भने प्रदेश र केन्द्र सांसदको उपस्थिति पनि बामपन्थीहरुकै रहेको छ । सायद यसैको प्रभाव होला, रामेछाप उद्योग वाणिज्य संघमा समेत राजनीतिको नमिठो गन्ध प्रष्ट पस्यो, जुन आम रामेछापेली व्यवसायीहरुको हितमा छ या छैन, भोलिको दिनले मूल्याङ्कन गर्ला । निर्वाचनको समयमा भएका राजनैतिक नेताहरुको प्रत्यक्ष उपस्थितिले एउटा आफ्नै फरक अस्तित्वको संस्थाको पदाधिकारी छनोटमा कस्तो अतिक्रमण ग¥यो, त्यो सहज अनुमान लगाउन सकिन्छ ।
विजय जुलुशभित्रको राजनैतिक रंग
निर्वाचनको मतगणना सकियो माघ ६ गते । माघ ६ गते अपरान्ह सकिएको मतगणनाको अन्तिम नतिजा सार्वजनिक हुँदै गर्दा नवनिर्वाचित अध्यक्ष केशवप्रसाद घिमिरेले सार्वजनिक रुपमा नै सबै बिजयी उम्मेदवारहरु मिलेर सँगै विजयजुलुश निकाली आप्mना मतदाताहरुकोमा कृतज्ञता ज्ञापन गर्न जाऔं भन्दै गर्दा राजनैतिक दम्भ र अहमताको कारणले एकाथरी विजयीहरु आफ्नो झुण्ड भेला गरेर एउटा विजयजुलुश निकाल्नेतर्फ लाग्यो भने अर्को झुण्ड अर्को विजयजुलुश निकाल्न उद्यत रह्यो । यसले बजारमा एकपटक सबैलाई पेट मिचिमिचि हँसाउन सफल भयो । आफूले भोट दिएर जितेका पदाधिकारीहरुलाई बधाईका शब्दहरु ज्ञापन गर्न न त व्यवसायीहरु नै निस्किए न त कसैले पुष्पवृष्टि नै ग¥यो । जित्नेका आसेपासेहरु बेलुका हुने दारुपानीको भोजको लोभमा ३ हात माथि उफ्रिएर नारा लगाउन अभ्यस्त देखिन्थे ।
यसले आम व्यवसायीहरुको बीचमा कस्तो सन्देश गयो भन्ने कुरा कसैले सोचेनन् न त सोच्ने आवश्यकता नै कसैले महसुस गरे । एउटा पवित्र संस्थाको गरिमा र अस्तित्वमाथि राजनीतिको विषालु नङ्ग्रा यति गहिरो सँग भसाईयो कि जसले व्यवसायीको हित हैन व्यवसायीको मतको भयंकर उपहास गरिरहेको थियो ।
सामाजिक संजालमा भएका टिकाटिप्पणीहरु
निर्वाचनको विजयजुलुश सकिएपछि भएका सामाजिक संजालका टिका टिप्पणीहरुले रामेछाप उद्योग वाणिज्य संघको नेतृत्वलाई झनै निराशाजनक बनाउने काम गरको महसुस भएको छ । नव निर्वाचित अध्यक्ष केशवप्रसाद घिमिरेलाई प्रजातान्त्रिक (नेपाली कांग्रेस) निकटको उम्मेदवार र जगन्नाथ दाहाललाई (नेकपा) निकटका उम्मेदवार भनि अप्रत्यक्ष र स्वघोषणा गरि-गराईरहँदा उहाँहरु दुबैले बिचारको आडमा रामेछाप उद्योग वाणिज्य संघको नेतृत्वमा आउने सपना देख्नुभएको थियो या थिएन त्यो गौण पाटो हो । तर मन्थलीमा राजनैतिक विचारको भोजन गरी खोक्रा आडम्बर छाद्नेहरुले भने यसलाई गतिलै मसला बनाए । कतै ‘दिउँसै मन्थलीमा घाम अस्ताएको’ त कतै ‘आप्mनै पार्टीले गरेको अन्तर्घात्’ जस्ता अभिव्यक्ति दिएर उद्योग वाणिज्य संघलाई झनै गन्हाउने बनाउन उद्वेलित रहे । यस प्रकारको अभिव्यक्तिले एउटा सम्मानित र मर्यादित संस्थामा कस्तो आँच आउँछ भन्ने सोच कसैको दिमागमा आउनै सकेन ।
राजनैतिक धारले अबको नेतृत्वलाई हुने सम्भावित सकस
आज निर्वाचनको बेलामा नै राजनीतिको रंग घसेर पदाधिकारीमा सामेल हुने र सोही प्रकारको दम्भ देखाउनेहरुले भोलि कार्यगत रुपमा उद्योग वाणिज्य संघको एउटै छानोमा व्यवसायीहरुको हितका लागि बिना भेदभाव काम गर्लान् भनेर सोच्नमा शंका लाग्न थालको छ । निर्वाचनको परिवेशदेखि नै उठेका तरंगहरुलाई सापट लिएर भन्ने हो भने रामेछाप उद्योग वाणिज्य संघको निर्वाचित १४ सदस्यीय कार्यसमितिमा १२ सदस्य बामपन्थीहरुको बाहुल्यता बनेको छ । बाँकी २, अध्यक्षसहितको एक सदस्य मात्रै नेपाली कांग्रेस निकटको पकडमा छ । मानौं यही तथ्यलाई नियाल्दै जाने हो भने पनि भोलिका दिनमा बामपन्थीहरुको बहुमतको कारणले एकजना अध्यक्ष र बाँकी एक सदस्यले ल्याएको जायज प्रस्ताव पनि पारित होला र व्यवसायीहरुको हितमा काम गर्ला भनेर आजै शंका व्यक्त गर्ने ठाउँहरु प्रशस्तै छोडिएको छ ।
रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा जगन्नाथ दाहालको पराजय र केशवप्रसाद घिमिरेको विजयले कुनै महत्व राख्दैन । महत्व त यो मानेमा रहन्छ कि, रामेछाप उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको छ । अघिल्लो कार्यकालका अध्यक्ष श्याम थापाको जस्तो निर्विवाद र सफल अध्यक्षको कार्यकाल बिताउन केशवप्रसाद घिमिरे सफल हुन यही राजनीतिका काला पोताहरुले नदिनेमा शंका उत्पन्न भइसकेको छ तर घिमिरेको नेतृत्व सफल बनोस् पत्तिंmकार यसमा शुभकामना व्यक्त गर्दै भावी दिनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछ ।
रामेछाप जिल्लाको विशेषगरी मन्थलीमा मतदाताले छाएको व्यवसायलाई उचाईमा पु¥याउन र प्रज्वलित पार्न यही राजनीतिको रंगले दिनेछैन । यो संकेत यही निर्वाचनले देखाइसकेको छ । उद्योग वाणिज्य संघमा आस्था र भरोसा राख्ने व्यवसायीहरुको विश्वासलाई अहिले यो जितको उन्मादले नाङ्गो बनाएको छ कि नयाँ नेतृत्व निर्वाचित भएकोमा कोही कुनै व्यवसायीमा खुशी छाएको देखिँदैन ।
एउटा सामान्य संस्थाको पदाधिकारी छनोटको निर्वाचनमा हुने यत्रो हल्लाखल्लाको परिदृष्यले निर्वाचन प्रणाली नै अधिक खर्चमा आधारित छ भन्नेमा दुईमत छैन । जम्मा १,०९९ मतदाता हुने एउटा संस्थाको निर्वाचनको बेलामा समेत यत्रो होहल्ला र खर्च गरिन्छ भने राष्ट्रिय स्तरको राजनीतिमा खर्चको खोलो बग्यो भनेर बोल्नु बेकार छ ।
निर्वाचन प्रजातान्त्रिक परिपाटी हो । यो परिपाटीले आफ्नो नेता आफैंले चुन्न पाउने मार्गलाई चौडा बनाउँछ । तर एउटा गैर राजनैतिक संस्थामा आउने नेतृत्वका लागि यो राजनैतिक अतिक्रमणले व्यसायीहरुको व्यावसायिक हित र लाभलाई कुन रुपमा चित्रण गर्ने हो त्यो भोलिको दिनले अवश्य देखाउने छ नै ।
(लेखक : मालश्री राष्ट्रिय साप्ताहिक, मन्थलीका सम्पादक हुन्)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
जङ्गलमा उम्रिएको झरी च्याउ टिप्दै महिला
असार १३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १४, २०८१ शुक्रबार
विवादले काठमाडौं महानगरको नगरसभा रोकियो, उपमेयर डंगोलको पोर्चुगल भ्रमण पनि स्थगित
असार १४, २०८१ शुक्रबार
टेरामक्सबारे उचित दिन आएछ भने म यसको जवाफ दिनेछु : सांसद बस्नेत
असार १४, २०८१ शुक्रबार
सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु
असार १४, २०८१ शुक्रबार
अन्नपूर्ण चक्रीय पदमार्गमा रहेको रुप्से झरना
असार १४, २०८१ शुक्रबार
सर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार