बट्टो जत्रो अटो, भाडा कति ?
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार १७:५९:४४
प्रकाश परिष्कार
७ माघ, काठमाडौं । मन्थली बजारमा सिटी रिक्सा, टेम्पु अथार्त अटो जे भनेपनि संचालनमा आएपछि यात्रुहरुलाई निकै सुविधा पुगेको छ । गर्मी मौसममा मन्थलीको वातावरण असाध्यै तातो हुने भएको हुँदा यसअघि यात्रुहरुलाई नजिकैको एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न निकै समस्या हुने गरेको थियो । हाल मन्थलीमा २५ वटा अटो संचालनमा आएपछि त्यो समस्या हटेको मन्थलीबासीको ठम्याई रहेको छ ।
दैनिक औसत ३ हजार रुपैयाँसम्मको आम्दानी गरिरहेका अटो व्यवसायीहरु यो काममा निकै खुशी भएको बताउँछन् । भूमेथान यातायात सेवा प्रा.लि.को नामबाट दर्ता रहेका २५ वटा अटोहरुलाई सँधै दशैं बराबर छ । मन्थलीदेखि बसपार्क, आकासे, करमबोट, भैंसेश्वर, थापाचोक लगायतका मन्थलीदेखि नजिकका ठाउँमा जान जिल्ला प्रशासन कार्यालयले सीमित भाडा तोकिदिएको छ ।
तर, सो भाडादर आफ्नै अटो व्यवसायी साथीहरुले नै पालना नगरेको गुनासो भूमेथान यातायात सेवा प्रा.लि.का उपाध्यक्ष पुष्कर पुरी बताउँछन् । उनी भन्छन्, ‘यतिबेला अटोको निकै प्रतिष्पर्धा छ । प्रतिष्पर्धा भएपछि अटो व्यवसायी साथीहरुले हामीले नै तोकेको भाडादरलाई पालना नगरेको भन्ने यात्रुहरुको गुनासो सुन्न पाइएको छ । यो नितान्त गलत हो । यसलाई हामी बसेर सच्याउनु जरुरी छ ।’ पुरी दिनमा सरदर ४ हजार रुपैयाँ कमाउछन् । खर्च दिनभरीको १ हजारदेखि १ हजार २ सयसम्म कटाउँदा पनि अरु त बचत नै हुने गरेको छ । यस कमाइको कारणले पनि उनलाई अरु युवाहरु सरह विदेशमा जान मन लागेको छैन ।
अटो व्यवसायीहरुलाई जिल्ला प्रशासन कार्यालयले तोकेको भाडादर यात्रुले देख्ने स्थानमा टाँस्नको लागि भनेको छ । तर धेरै अटो चालकहरुले यात्रुले देख्ने ठाउँमा भाडादर राख्ने गरेका छैनन् । मन्थलीका अर्का अटो चालक कृष्ण वि.क.ले पनि आफ्नो अटोमा यात्रुले देख्ने ठाउँमा भाडादर राखेकाे पाइएनन् । मन्थलीमा गत शुक्रबार यो समाचार संकलन गर्ने क्रममा अटो व्यवसायीलाई भेट्दा वि.क.को अटोमा पनि भाडादरको सूची पाइएन ।
आफूहरुलाई जिल्ला प्रशासन कार्यालयले अटोमा यात्रुहरुले देख्ने ठाउँमा भाडादरको सूची राख्न भनेको भएता पनि यात्रुहरुले खोजेमा देखाउन मिल्ने भन्दै आफू बस्ने सीटभन्दा अगाडिबाट पट्याएर राखिएको अवस्थामा उनले भाडादर देखाए । वि.क.ले पनि आफ्नो हाजिरा दैनिक १ हजार ५ सयसम्म बस्ने गरेको बताएका छन् । ‘अटो व्यवसायीहरु रिजर्भको लागि कहाँ कहाँ सम्म पुग्छन् ?’ भन्ने जिज्ञासामा वि.क. भन्छन्, ‘रामेछाप, सेलेघाट, खिम्ती देखि च्यास्कुसम्म पनि पुग्ने गरेका छन् ।’
अटो व्यवासायीहरुलाई जिल्ला प्रशासन कार्यालयले पिच सडक भन्दा बाहेक सानीमदौसम्म मात्र सवारी संचालनमा भाडादर कायम गरिदिएको छ । यसको अलावा अन्य कच्ची सडकमा समेत रिजर्भ जान व्यवसायीहरु तयार देखिन्छन् । ‘अटो जान सक्छ भने यात्रुहरुले भनेको ठाउँमा अटो लान मिल्छ । जबर्जस्ती पो गर्न मिल्दैन त ।’ यो भनाई भूमेथान यातायात सेवा प्रा.लि.का अध्यक्ष पदमबहादुर श्रेष्ठको हाे ।
अटो रामेछापमा भित्र्याउँदाको बखत नै माथिल्लो निकायबाट रामेछाप जिल्लाभर यातायात संचालन गर्न पाउने अनुमति पाएको आधारमा अटो जाने ठाउँसम्म जान पाउने तर्क राख्छन् श्रेष्ठ । हामीसँग टेलिफोनमार्फत कुराकानी गर्दा श्रेष्ठ कठजोरबाट मन्थली झर्दै गरेको बताइरहेका थिए ।
श्रेष्ठको भनाईमा भने जिल्ला प्रशासन कार्यालय श्रोतले भने असहमति जनाएको छ । भाडादर कायम गर्नु भनेको यातायात संचालन गर्नू भन्ने अनुमति दिएको हो । यात्रु, चालक र सवारीलाई नै जोखिममा हालेर रिजर्भ जानु उचित नभएकाे जिल्ला प्रशासन कार्यालय स्रोत बताउँछ ।
२४ वटा अटो भूमेथान यातायात सेवा प्रा.लि.मा दर्ता भएर चलिरहेको भएता पनि रामेछाप बजारमा २ वटा र खिम्तीमा १ वटा गरी ३ वटा अटोहरु अझै भूमेथानमा दर्ता भएका छैनन् । दर्ता भएर चलेका अटोहरुले ट्राफिक नियमको पालना गर्न सचेत रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख होमबहादुर भित्रिकोटीको बुझाइ रहेको छ । उनी भन्छन्, ‘ट्राफिक नियमको सवालमा अटोका चालकहरु निकै समझ्दार छन् । कुनै पनि कुरामा शतप्रतिशत भन्ने त हुँदैन तर पनि ७० देखि ७५ प्रतिशत चालकमा ट्राफिक नियमको ज्ञान छ ।
तर, पनि कहिलेकाँही तोकिएको ३ जनाको क्षमता भन्दा बढी यात्रुहरु बोकेको पाइन्छ । त्यसमा पनि एकाघरका ४ जनाले अटो चढे भने १ जनालाई अर्को अटोको प्रयोग गराउनु पर्ने बाध्यता हुन आउने अवस्थामा कहिलेकाँही ४ जना पनि बोक्ने गरेका छन् । त्यो भन्दा बाहेक खासै ट्राफिक नियमको पालन गर्न अटो चालकहरु सितिमिति चुक्दैनन् ।’
सडक अनुशासनमा सजग रहेका अटो संचालकहरु रिजर्भको सन्दर्भमा भने कही बदमासी गर्ने गरेको भित्रिकोटी बताउँछन् । जिल्ला प्रशासन कार्यालयले निश्चित दुरीदेखि निश्चित दुरीसम्म रिजर्भ जाने सन्दर्भमा पनि रिजर्भ भाडादर कायम गरिएको तर यात्रुहरुलाई यस बारेमा थाहा नहुँदा त्यसको नाजायज फाइदा अटो संचालकले लिइरहेको कुरा उनी स्विकार्छन् ।
अटो यतिबेला मन्थलीबासी देखि मन्थलीमा कामकाजी भएर आउने अन्य स्थानका यात्रुलाई समेत सुविधाको राम्रो सुविधाको साधन बनेको छ । रोजगारको अभावमा साहुसँग ऋणपान गरेर विदेशमा गएर दुःख गर्नुभन्दा l किनेर संचालन गर्दा स्वदेशमा नै युवा स्वरोजगार मुखी बन्नु साँच्चै नै फलदायी हुने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
जङ्गलमा उम्रिएको झरी च्याउ टिप्दै महिला
असार १३, २०८१ बिहिबार
अभिनेत्री हिना खानलाई स्तन क्यान्सर
असार १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीको उपस्थितिमा चितवनमा राष्ट्रिय धान दिवस मनाइने
असार १४, २०८१ शुक्रबार
सुदूरपश्चिमका १८ विद्यालयमा सेवा दल तालिम
असार १४, २०८१ शुक्रबार
विवादले काठमाडौं महानगरको नगरसभा रोकियो, उपमेयर डंगोलको पोर्चुगल भ्रमण पनि स्थगित
असार १४, २०८१ शुक्रबार
टेरामक्सबारे उचित दिन आएछ भने म यसको जवाफ दिनेछु : सांसद बस्नेत
असार १४, २०८१ शुक्रबार