गृहयुद्धमा बेपत्ता भएका २० हजारभन्दा बढीको मृत्यु
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार १८:२५:९
७ माघ एजेन्सी । श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजापाक्षेले पहिलो पटक देशमा गृहयुद्धको क्रममा बेपत्ता भएका २० हजारभन्दा बढी मानिस मरिसकेको स्वीकार गरेका छन् ।
राष्ट्रिपति राजपक्षेले राजधानी कोलम्बोमा संयुकत राष्ट्र सङ्घका एक दूतसँगको भेटमा यस बारेमा टिप्पणी गरेका हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको एक बयानमा भनिएको छ, ‘बेपत्ता भएका मानिसहरुको मृत्यु प्रमाणपत्र जारी गरिनेछ ।’
श्रीलङ्कामा यस्ता हजारौँ परिवार छन्, जो र्याली निकाल्दै बेपत्ता भएका मानिसहरुको बारेमा पत्ता लगाउनु पर्ने सरकारसँग माग गर्दै र्याली निकाल्दै आएका छन् । केही परिवारले भने बेपत्ता भएका आफन्तहरु जीवितै रहेको विश्वास गरेका थिए, उनीहरुले बेपत्ता पारिएकालाई सुरक्षा बलले नियन्त्रणमा लिएर राखेको अनुमान गरेका थिए ।
पृष्ठभूमि के थियो ?
श्रीलङ्काली सेनाले २६ वर्षसम्म चलेको रक्तपातपूर्ण सङ्घर्षपछि सन् २००९ मा विद्रोही तमिल टाइगर्सलाई पराजित गरेको थियो । यही क्रममा हजारौँ मानिसहरु बेपत्ता भएको बताइएको थियो ।
यो युद्धले श्रीलङ्कालाई जातीय रेखासँगै विभाजन गर्यो – बहुसङ्ख्यक बौद्ध सिंहली–बहुल सरकार तमिल विद्रोहीविरुद्ध उभियो, जो एक छुट्टै राज्य चाहन्थे । युद्धमा झण्डै एक लाख मानिस मारिएको अनुमान गरिएको छ र झण्डै २० हजार मानिस बेपत्ता भए, जसमध्ये धेरै तमिल समुदायका थिए ।
राष्ट्रपति राजापाक्षे गृहयुद्धको समयमा रक्षा सचिव थिए र उनले विद्रोहीहरुलाई कुल्चिन प्रमुख भूमिका निभाएका थिए ।उनलाई सिंहली समुदायका कैयौँले नायकको रुपमा मान्छन् भने तमिल समुदायले भने उनलाई अविश्वासको साथ हेर्ने गरेको छ ।
आत्मसमर्पण गर्ने कोसिस या हिरासतमा लगिसकेपछि अधिकांश तमिल विद्रोहीलाई मारिन्थ्यो । यी घटनाका भिडियो प्रमाणहरु भेटिए पनि सरकारले भने यस्ता दाबीहरुलाई नकार्दै आइरहेको छ । युद्ध समाप्त भएपछि संयुक्त राष्ट्र सङ्घले श्रीलङ्काली सुरक्षा बलमाथि अत्याचारको आरोप लगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार