लिने बेला सामदाम, तिर्ने बेला ठण्डाराम
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार १८:५३:४८
७ माघ, काठमाडौं । गत भदौदेखि मंसिरसम्म धेरै ग्राहकहरुले विद्युत महसुल बुझाएका छैनन् । नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्र, मन्थलीले १६ लाख ४९ हजार चारसय रुपैयाँ विद्युत महसुल उठ्न बाँकी रहेको जनाएको छ ।
रामेछाप वितरण केन्द्र, रामेछाप नगरपालिका भन्दा बाहेक अन्य ७ वटा स्थानीय तह समेतको उठ्न बाँकी महसुलमा सो रकम देखिएको हो । गत चार महिनामा सबैभन्दा बढी विद्युत महसुल मन्थली नगरपालिका क्षेत्र भित्र उठ्न बाँकी रहेको छ ।
मन्थली नगरपालिका क्षेत्र भित्र मात्रै ११ लाख ४६ हजार ६ सय चौरहत्तर रुपैयाँ बाँकी रहेको छ । ५ हजार रुपैयाँ भन्दा माथी र चार महिना वा सो भन्दा बढी समयदेखि महसुल तिर्न बाँकी रहेका ८४ ग्राहकहरुबाट सो रकम तिर्न बाँकी रहेको देखिएको हो ।
मन्थलीमा रहेका सरकारी कार्यालय, विभिन्न राइस मिलहरु, कृषि समूहहरु, आल्मुनियम उद्योग, कन्स्ट्रक्शन, ग्रील उद्योग, बेकरी उद्योगसहित घरायसी उपभोगमा रहेका ग्राहकहरुले समेत विद्युत महसुल तिरेका छैनन् । मन्थलीमा रहेका विभिन्न सरकारी कार्यालयहरुबाट मात्रै ७२ हजार ६ सय एकहत्तर रुपैयाँ उठ्न बाँकी रहेको छ भने मन्थली नगर क्षेत्रभित्र नाम चलेको एक बेकरी उद्योगबाट मात्रै विगत महिना देखिको ६९ हजार ४ सय अठ्ठाइस रुपैयाँ विद्युत महसुल उठ्न बाकी रहेको देखिन्छ ।
रामेछाप वितरण केन्द्र मन्थलीले दिएको जानकारी अनुसार २ सय के भिएको लाइन जडान गरेको बज्रगुरु अमर जे.भी.ले ९ महिना देखिको बाँकी ५ लाख ९७ हजार ८ सय ५९ रुपैयाँ तिर्न बाँकी रहेको छ । अधिकतम ३ वर्ष ४ महिनादेखिको महसुल ग्राहकहरुले तिरेका छैनन् ।
मन्थली नगरपालिका भन्दा पछि विद्युत महसुल बाँकी राख्ने स्थानीय हो – दोरम्बा गाउँपालिका । अधिकतम ३ वर्ष ४ महिनादेखि नै विद्युत महसुल नतिरेका दोरम्बा गाउँपालिकाका केही ग्राहकहरुले जम्मा २ लाख ४१ हजार ४ सय उनन्तीस रुपैयाँ बुझाउन बाँकी रहेको देखिएको छ ।
विभिन्न बहुउद्देशीय संस्था, राईस मिल, फर्निचर उद्योग, विद्यालय सहित् धेरै व्यक्तिगत नाममा विद्युत प्रयोग गरिहेका ग्राहक समयमा महसुल भुक्तानी नगर्नेको सूचीमा देखिएका हुन् । २५ केभिएको लाइन मार्फत विद्युत उपभोग गरिरहेका गाउँपालिका भित्र संचालित खानेपानी आयोजना तथा राइसमिलहरुबाट अधिकतम २७ हजार सम्म महसुल तिर्न बाँकी रहेको छ भने विद्यालय र फर्निचर उद्योगहरु त्यसपछि रहेका छन् ।
खाँडादेवी गाउँपालिका भित्र रहेका ग्राहकहरुले पनि १ लाख ३६ हजार ८ सय एकसठ्ठी रुपैयाँ महसुल रामेछाप वितरण केन्द्रलाई तिरेका छैनन् । सरकारी कार्यालय, सामुदायिक विद्यालयहरु, राइसमिल, तथा निजी घरधनीहरुले विद्युत महसुल नबुझाएका कारण करिब १ लाख ३७ हजार रकम बाँकी रहेको वितरण केन्द्रले जनाएको छ ।
त्यस्तै गोकुलगंगा गाउँपालिका भित्र रहेका विद्यालय र स्वास्थ्य चौकी समेतको गरी कूल ८७ हजार रुपैयाँ महसुल उठ्न बाँकी रहेको छ भने यस गाउँपालिकामा समग्र १ लाख ४ सय अठ्चालीस रुपैयाँ महसुल उठ्न बाँकी रहेको छ भने सुनापति गाउँपालिकामा रहेको एक ज्वाइन्ड भेन्चरले मात्रै ३७ हजार भन्दा बढी विद्युत महसुल तिरेको छैन ।
सुनापति गाउँपालिकामा कूल ४३ हजार ७ सय उनन्तीस रुपैयाँ विद्युत महसुल उठ्न बाँकी रहेको छ । लिखु तामाकोसी गाउँपालिकामा ९२ हजार १ सय बहत्तर र उमाकुण्ड गाउँपालिकामा ६९ हजार २ सय अठ्चालिस् रुपैयाँ विद्युत महसुल असुल हुन बाँकी रहेको देखिएको छ ।
ग्राहकहरुको चरम् लापर्वाहीको कारणले विद्युत महसुल उठ्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण रामेछाप वितरणकेन्द्र, मन्थलीका प्रुमख विनोद अधिकारी बताउँछन् । ‘अधिकतम ४० महिनादेखिको विद्युत महसुल तिर्न बाँकी रहेको अवस्थामा अब वितरण केन्द्रले कस्तो एक्शन लिन्छ ?’ भन्ने मालश्रीको जिज्ञासामा अधिकारी भन्छन्, ‘त्यसको अन्तिम विकल्प भनेको विद्युत विच्छेद नै हो । जब सम्म लाइन काट्ने काम हुन्न तब सम्म महसुल भुक्तानी गर्ने कुनै जाँगर उपभोक्तामा आउँदैन । बज्रगुरु अमर जेभीलाई पटक पटक ताकेता गरेर पनि हालसम्म अझै करिब ६ लाख रुपैयाँको भुक्तानी बाँकी छ ।’
सरकारी कार्यालयहरुले विद्युत महसुल भुक्तानी नगर्नुमा राज्य पुर्नसंरचनाको दोष देख्छन् प्रमुख अधिकारी । ‘जति पनि कार्यालयहरुले विद्युत महसुल तिरेका छैनन् त्यकसको कारण महसुल कसले तिर्ने र कुन तहबाट भुक्तानी हुने भन्ने हो । सरकारी कार्यालयहरुले विद्युत महसुल भुक्तानी नियतवश गरेको भन्ने मलाई लाग्दैन । अधिकारीको भनाई रहेको छ ।
त्यस्तै विगत ५ महिनादेखि विद्युत महसुल तिर्न बाँकी रहेको घरेलु तथा साना उद्योग विकास समिति को नाममा रहेको १५ हजार ३ सय १८ रुपैयाँ रहेको छ । वितरण केन्द्रले दिएको बिल हेर्न आफ्ना कार्यालयका कर्मचारीहरुले गल्ती गरेका कारण महसुल रोकिएको कार्यालय प्रमुख मेघनाथ गौतमले बताएका छन् । गत आइतबार बिहान यस विषयमा प्रष्टोक्ति माग्दा उनले भने, ‘महसुल भुक्तानीका लागि चेक बन्ने क्रममा छ, अबको केही दिन भित्रै महसुल तिर्ने काम हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति
पुष १३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार