अन्तिम ३० मिनेटमा बिक्री चाप आउँदा आजको बजार बिश्लेषणले के भन्छ ?
आर्थिक संवाददाता
माघ ७, २०७६ बुधबार ०:१३:५०
माघ ७, काठमाडाैं । हिजो बजारमा देखिएको करेक्सनको प्रभाव आज पनि परेको छ । आज शेयरबजारले सामान्य अंकको वृद्धि हासिल गरेको छ । बजार परिसूचक नेप्सेमा ३ दशमवल ३६ अंकको वृद्धि हुँदै १३२० दशमलव ४७ को विन्दुमा गएर बजार बन्द भएको छ । दोश्रो बजारमा शुन्य दशमलव २६ प्रतिशतको वृद्धि देखिएको छ ।
हिमालयन बैंकको २४ करोड ४६ लाखको संस्थापक शेयर कारोवार भएसंगै कारोवार रकम भने १ अर्ब ५१ करोड पुगेको छ । बजारमा हिजो राम्रो करेक्सन देखिएको र आज बजार सामान्य अंकले वृद्धि भएकाले बजारको भावी दिशा भोलीको कारोवारले देखाउछ ।
बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकहरुको उपसुचकम ० दशमलव ४ प्रतिशतको वृद्धि देखिँदा निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा सर्वाधिक वृद्धि भएको छ । निर्जीवन बीमा कम्पनीको उपसुचकमा १ दशमलव ४९ प्रतिशतको वृद्धि देखियो ।
आज बजार १३१८ दशमलव ६६ को विन्दुमा खुलेको थियो भने १२ बजेर १३ मिनेटमा बजारले न्यून विन्दु १३०९ दशमलव १५ समातेको थियो । बजारले त्यस्तै २ बजेर २६ मिनेटमा १३३१ दशमवल ३३ को उच्च विन्दु समातेको थियो । बजारले अन्तिम ३० मिनेटमा बिक्री चाप अनुभव गरेको थियो ।
आज हिमालयन बैंक लिमिटेडको संस्थापक शेयर सर्वाधिक २४ करोड ४६ लाखको किनबेच हुँदा गुराँस लाईफ इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ८२ प्रतिशतले कमाए भने एनआईसी एसिया ग्रोथ फण्डका ईकाईधनीले सर्वाधिक ६ दशमलव ४८ प्रतिशतले गुमाए ।
प्राविधिक बिश्लेषण :
मुख्य प्रतिरोध : १३३० पहिलो टेवा : १३०८
- हाल बजारले १३५९ को उच्च बिन्दु बनाएपछि बजार सच्चिरहेको देखिन्छ । आज नेप्से परिसूचक १३२० दशमलब ४७ को बिन्दुमा बन्द भएको छ ।
- आज पनि नेप्सेले “डोजी” मैनबत्तीको चित्र बनाएको छ । यसले आज बजारमा माग र आपूर्ती लगभग बराबर रहेको जनाउँदछ ।
- दैनिकी अवधिमा “आरएसआई” ७६ दशमलब ५६ को बिन्दुमा छ । आरएसआईको प्रवृत्ति हालसम्म बढी खरिद भएको क्षेत्रमा रहेको छ ।
- “एडिएक्स” ले बजारमा हालसम्म क्रेताको चाप रहेको जानकारी गराएको छ भने जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुको संकेत प्रभावकारी देखिन्दैन ।
- नेप्सेको प्रवृत्तिलाई “अन ब्यालेन्स भल्यूम” ले हालसम्म समर्थन गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १३३० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३०८ को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार