सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न सफ्टवेयर खरिद गर्दै एनआईसी एशिया बैंक
नेपालबहस संवाददाता
माघ ८, २०७६ बुधबार १५:४३:५६
८ माघ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र इन्फ्रासफ्ट टेक्नोलोजी लि. भारत, एम्नील टेक्नोलोजी प्रा. लि.नेपालका बीच End to End AML (Anti Money Laundering) / CFT (Combating Terrorist Financing) Solution खरिद गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएकोे छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजी लि. का तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा, एम्नील टेक्नोलोजि प्रा. लि. का तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरेका छन् ।
सो सम्झौता अनुसार इन्फ्रासफ्ट टेक्नोलोजी लि. र एम्नील टेक्नोलोजी प्रा. लि. ले बैंकलाई अन्तर्राष्ट्रियस्तरको End to End AML Solution उपलब्ध गराउने र End to End AML (Anti Money Laundering) / CFT (Combating Terrorist Financing) Solution कार्यान्वयनमा ल्याए पश्चात् सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरु (जस्तै Financial Action Task Force (FATF), Asian Pacific Group on Money Laundering (APG) etc) ले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने र सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।
बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको छ ।
नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने यस बैंकको उद्देश्य अनुसार हाल बैंकले ३२ वटा शाखाबाट डीजीटल प्रविधिमार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको छ । जस अन्तर्गत हस्ताक्षर गर्नको लागि signature pad, ल्याप्चे capture गर्नको लागि Biometric device र फोटो खिच्नको लागि camera जडानसहितको सुविधा उपलब्ध रहेको छ । यस प्रविधिमार्फत ग्राहक onboarding गर्दा हाल कायम रहेको व्यवस्थामा थप सुरक्षा प्रणाली अबलम्बन हुने र यसबाट बैंकको AML/CFT / KYC व्यवस्थापन कार्यलाई थप टेवा पु¥याउने बैंकले विश्वास लिएको छ । साथै निकट भविष्यमै यस बैंकका सबै शाखाहरुमा सो प्रविधि राखिने योजना बैंकको रहेको छ ।
नियमनकारी निकायले तोकको व्यबस्था अनुसार सम्पूर्ण ग्राहकहरुले आफ्नो ग्राहक पहिचान विवरण KYC अद्यावधिक गर्नुपर्ने र ग्राहक महानुभावहरुले बैंकको वेभसाइटमा रहेको E-KYC पोर्टलमार्फत आफ्नो ग्राहक पहिचान विवरण KYC अद्यावधिक गर्नसक्ने व्यवस्था यस बैंकले गरेको छ । साथै, ग्राहकहरुलाई यस बैंकको वेभ साइटमा रहेको E-KYC पोर्टलमार्फत आफ्नो ग्राहक पहिचान विवरण KYC अद्यावधिक गर्नु बैंकले अनुरोध गरेको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४२६ एटीएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ । २१ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
“बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” मुलनारा सहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई सकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार