पानीले दिएको खुशी
नेपालबहस संवाददाता
माघ ८, २०७६ बुधबार १७:४१:३१
८ माघ काठमाडौं । गल्याङ नगरपालिका–९ स्थित बेलचौर, पाखीचौर र जामुनेका स्थानीय बासिन्दा ‘एक घर एक धारा’ अभियानले खुशी भएका छन् । पहिले एक घण्टा लगाएर एक गाग्री पानी ल्याउने गरेका यहाँका वासिन्दा अहिले घरमै धारा जडान भएपछि धेरै सजिलो भएको बताउँछन् ।
बेलचौर लिफ्टिङ खानेपानी आयोजनाका उपभोक्ता समितिका अध्यक्ष निमप्रसाद खनालले रु दुई करोड २० लाखको लागतमा अयोजनाको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । सो आयोजनाको लागि गल्याङ नगरपालिकाले रु २० लाख, गण्डकी प्रदेश सरकारले रु एक करोड ७० लाख र उपभोक्ताबाट रु ३० लाख बराबरको जनश्रमदान गरी कुल रु दुई कारोड २० लाखको लागतमा योजना सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ ।
कालीगण्डकी नदीको किनारबाट करीब २४० मिटरको उचाइमा पानी तानेर एक लाख लिटरको ट्याङ्की निर्माण गरी त्यसबाट १३५ घरधुरीमा धारा वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष खनालले बताए । गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले पानीको समस्या भएका वडामा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर खानेपानीको सुविधा उपलब्ध गराइने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार