नेकपा भित्र प्रचण्ड शक्तिशाली बन्दै
नेपालबहस संवाददाता
माघ ८, २०७६ बुधबार १८:५४:३४
८ माघ, काठमाडौं । तत्कालिन नेकपा एमालेको नवौं महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित भएयता खड्गप्रसाद ओलीको हैसियत सधैं आक्रमक रह्यो । तर पछिल्लो अवस्थामा भने उनै ओली पार्टी भित्रै प्रतिरक्षात्मक अवस्थामा आइपुगेका छन् ।
पार्टी अध्यक्षका हैसियतमा ओलीले गरेका काम र निर्णयलाई कतैबाट कुनै चुनौती दिने अवस्था रहेन । गत आम निर्वाचनको पूर्व सन्ध्यामा उनले एकल निर्णयबाटै तत्कालिन नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन बनाए ।
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल मात्र नभै ओली पक्षकै ईश्वर पोख्रेल लगायत धेरै नेता कार्यकर्तालाई माओवादीसँगको गठबन्धन मन परेको थिएन । तर ओलीको निर्णयलाई चुनौती दिने औकात कसैको रहेन ।
माओवादीसँगको गठबन्धनले ओलीलाई ठूलै सफलता दिलायो । झण्डै दुई तिहाईको समर्थनमा उनी प्रधानमन्त्री बने । त्यसपछि त ओलीको दम्भ र हुँकार अझै कडा भयो । ओलीले चाहेको मात्रै पार्टी र सरकारमा हुने अवस्था बन्यो ।
तर अहिले भने परिबेश फेरिएको छ । खासगरी सभामुख प्रकरणमा ओली रक्षात्मक रुपमा प्रस्तुत हुने अवस्थामा आइपुगेका छन् ।
ओलीले जतिसुकै जोडबल गर्दा पनि सुभाषचन्द्र नेम्बाङ सभामुख बन्न पाएनन् । लामै गलफत्ती भए पनि अन्ततः ओलीले पूर्वमाओवादीकै पोल्टामा सभामुख पद बिसाउनै प¥यो । कार्यकारी अध्यक्षको हैसियतमा पुगेका पुष्पकमल दाहाल प्रचण्डका उमेदवार अग्निप्रसाद सापकोटाले बाजी मारे । लगभग उनी अब सभामुख बनिसके ।
आखिर यो समीकरण कसरी बदलियो त ? बढो अनौठो र रोचक छ कथा । लामो समय पार्टी भित्र हालीमुहाली गर्न सफल ओलीलाई तह लगाउन मुर्मुरिएर बसेका माधव नेपाल लगायतका नेताले सभामुख प्रकरणमा प्रचण्डको साथ लिए ।
प्रचण्डको काँधमा बन्दूक राखेर माधवलगायत ओलीसँग रुष्ट नेताहरुले ओलीलाई गलाए । पार्टी एकतापछि पनि प्रचण्डको हैसियत दोस्रो तहकै थियो । लगभग डेढ वर्ष ओलीले प्रचण्डलाई समेत पंगु बनाएर राखे ।
उता, पूर्वएमालेका आफू विरोधीप्रति पनि उनी पूर्वाग्रही नै रहेका थिए । एकैपटक सबैतिर फायर खोल्नु नै ओलीका लागि घातक सिद्ध भयो । परिस्थितिको फाइदा उठाउन प्रचण्डले राम्रै मेहनत गरे । खासगरी ओली विरोधी धारको सहानुभूति लिन प्रचण्ड सफल भए । माधव नेपाल लगायत अरुको समेत सहयोग र समर्थन लिन सफल भएकैले ओली प्रतिरक्षात्मक अवस्थामा आइ पुगेका हुन् ।
एकथरिको बुझाई त के छ भने ओलीलाई कमजोर बनाउन पार्टी भित्रका शीर्ष नेताहरु एक भएका छन् । त्यसको छनक गत साता नेता वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा भएको मोर्चाबन्दीले दिएको छ ।
उक्त मोर्चाबन्दी पछि प्रधानमन्त्री ओली एकाएक रक्षात्मक अवस्थामा आइ पुगेका हुन् । ९ सदस्यीय सचिबालयमा प्रचण्डले ५ जनाको समर्थन जुटाए । जबकी ओली ३ मै सीमित हुन पुगे । रामबहादुर थापा भने कतै खुलेनन् । तर अन्ततः थापाले पनि प्रचण्डलाई नै साथ दिने बुझेका ओली गले । जसले गर्दा उनको हातबाट शक्ति फुत्किएर प्रचण्डकोमा आइपुगेको छ ।
यही प्रबृत्ति र प्रकृया कायम रहँदा अब नेकपा भित्रको शक्ति सन्तुलनमा समेत फेरबदल आउन सक्छ । पाँच वर्षका लागि प्रधानमन्त्री पद हत्याएका भनिएका ओलीका लागि आगामी दिन त्यति सहज नहुन सक्छ । विरोधीहरुको मोर्चाबन्दी तोड्न सकेनन् भने ओलीले अहिले गुमाएको सभामुख आफ्नै लागि घाँडो हुन सक्छ ।
यद्यपि सापकोटालाई सभामुख बनाउने निर्णय सदर गर्नु अघि ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन संसद्बाट अनुमोदन गर्ने वचनबद्धता लिइसकेको चर्चा छ ।
त्यसको टुँगो लाग्न अझै केही साता कुर्नै पर्ला । तर शक्ति सन्तुलनका हिसावले भने प्रचण्ड विस्तारै बलियो र ओली कमजोर हुने संकेत चाहिं मिलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार