अझै पाएनन् उखु किसानले भुक्तानी
नेपालबहस संवाददाता
माघ ८, २०७६ बुधबार २०:२७:३
भूपराज बस्याल
८ माघ, काठमाडौं । माघको पहिलो हप्तासम्म उखु किसानको रकम भुक्तानी गर्ने गरी सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यनयन भने हुन सकेको छैन ।
सरकारले सम्झौता अनुरुपमा भुक्तानी नगरेको भन्दै उखु किसानले माघ ११ गते सर्लाहीमा भेला गर्ने भएका छन् । सर्लाहीको हरियोनमा बिहान ११ बजे भेला गर्न लागिएको उखु उत्पादक सर्लाही जिल्ला संघका सदस्य गोविन्द मैनालीले जानकारी दिए । देशभरका उखु किसान समेट्नेगरि आयोजना गर्न लागिएको भेला उखु उत्पादक महासंघ, उखु मिल्गेट समिति र नेकपाको भातृ संगठनका अखिल नेपाल उखु महासंघले गर्दैछन् ।
मैनालीका अनुसार सरकारले ७४/७५ को तीस करोड र ७५/७६ को एक अर्ब अनुदान नदिएको भन्दै व्यावसायी बाट पीडित बनेका किसानलाई सरकारले समेत अनुदान नदिएको गुनासो गरे । आन्दोलन स्थगित गर्ने बेलामा सरकारले गठन गरेको समितिमा किसान रहने बताइएको भएपनि हाल सम्म उक्त समितीमा सरकार र व्यावसायी मात्रै रहेको हुँदा किसानको पक्षमा भन्दा पनि व्यावसायीको हितमा सरकार लागेको उनको गुनासो छ । “ हामीलाई समितिमा राख्ने भनियो तर अहिलेसम्म समितीमा किसान प्रतिनिधित्व हुन सकेको छैन । “ उनको गुनासो थियो ।
सरकाले तोकेको उखुको मूल्य प्रति क्विन्टल ५ सय ३६ रुपियाँ ५८ पैसा भएको र त्यसमा चिनी मिलले ४ सय ७१ रुपियाँ २८ पैसा दिने र बाँकी सरकारले अनुदानमार्फत ६५ रुपियाँ २८ पैसा दिने भने पनि सरकारले समेत अनुदान रकम रोकेको हुँदा बैकल्पिक उपायबारे छलफल गर्न भेलाको आयोजना गरिएको मैनालीले जानकारी दिए ।
मैनालीका अनुसार विरेन्द्र कनोडियाले संचालन गरेको महालक्ष्मी चिनी मिल सर्लाहीले २१ करोड दिनुपर्नेमा जम्मा १२ करोड दिएको, राकेश अग्रवालले संचालन गरेको अन्नपूर्ण चिनी मिल सर्लाहीले ४० करोड दिनुपर्नेमा जम्मा ५ करोड दिएको, हितेश गोल्छा र विशाल अग्रवालले संचालन गरेको श्रीराम चिनी मिलले ४० करोड दिनुपर्नेमा एक रुपैयाँ पनि नदिएको र राकेश अग्रवालले संचालन गरेको इन्दिरा चिनी मिलले १० करोड दिनुपर्नेमा एक रुपैयाँ पनि नदिएको बताए । उनका अनुसार देशभर रहेका १४ चिनी मध्य अन्नपूर्ण चिनी मिल, श्रीराम चिनी मिल र इन्दिरा चिनी मिल गरि तीन मिल बन्द अवस्था रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार