जीवन बीमा उपसुचक मात्र बढ्नुको यस्तो छ कारण, हेरौ आजको बजार बिश्लेषण
आर्थिक संवाददाता
माघ ८, २०७६ बिहिबार ०:११:४९
माघ ८, काठमान्डौ: साताको चौथो कारोवार दिन बजारमा बिक्रीकर्ता नै हावी देखिएका छन् । आज नेप्से परिसुचकमा ७ दशमलव ०५ अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक शुन्य दशमलव ५३ अंकले घटेको छ । ग्लोबल आईएमई बैंकको ६१ करोड १२ लाखको शेयर कारोवार भएसंगै कारोवार रकम १ अर्ब ५८ करोड पुगेको छ । आज ४९ लाख १४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । आज दोश्रो बजार १३१३ दशमलव ४२ को अंकमा बन्द भएको छ।
आज जीवन बीमा कम्पनीहरुको उपसुचक बाहेक सम्पूर्ण उपसूचकमा गिरावट देखिएको छ । आज जीवन बीमा कम्पनीहरुको उपसुचकमा २ दशमलव ३२ प्रतिशतको वृद्धि देखिएको छ। अहिलेसम्म कुनै पनि जीवन बीमा कम्पनीहरुले लाभांस प्रस्ताव नगरेकोमा जीवन बीमा कम्पनीहरुको शेयरमा लगानीकर्ताले खरिद गर्न आक्रामक भएको देखिन्छ।
आज हाईड्रोपावर कम्पनीहरुको उपसूचकमा सर्वाधिक १ दशमलव ५३ प्रतिशत घटेको छ। बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा पनि शुन्य दशमलव ७४ प्रतिशतको गिरावट देखिएको छ।
बजार १३२४ दशमलव ३२ को विन्दुमा खुलेको थियो । बजारले ११ बजेर ०९ मिनेटमा १३२५ दशमलव ७० को उच्च विन्दु सम्म पुगेकोमा १२ बजेर १५ मिनेटमा बजारले १३१० दशमलव ६५ को न्यून विन्दु समातेको थियो । बजारमा अन्तिम १५ मिनेटमा भने बिक्री चाप आएको थियो ।
आज ग्लोबल आईएमई बैंकको सर्वाधिक ६१ करोड १२ लाखको शेयर खरिदबिक्री हुँदा एसियन लाईफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक ८ दशमलव ४७ प्रतिशतले वृद्धि भएको छ भने पाँचथर पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ८ दशमलव ६९ प्रतिशतले घटेको छ ।
नेपाल बैंकको रु नौ करोड नौ लाख ३१ हजार १८५, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रु सात करोड ६९ लाख नौ हजार २३४, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ८३ लाख ६७ हजार ३५३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ८१ लाख ७१ हजार ५७९, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ४१ लाख २७ हजार ११२ र एनआइसी एसिया बैंकको रु दुई करोड ९५ लाख ७७ हजार ४८८ मा खरिदबिक्री भएकाे छ ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ८.४७ प्रतिशतले कमाए । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी ८.२०, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ५.२४, सिर्जना फाइनान्स ३.९६, सिद्धार्थ इक्विटी फण्ड ३.९३ र ग्लोबल आइएमई समुन्नत स्किम–१ का लगानीकर्ताले ३.९१ प्रतिशतले कमाएका छन् ।
त्यस्तै सबैभन्दा बढी पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.६९ प्रतिशतले गुमाए । कञ्चन डेभलपमेन्ट बैङक ७.५१, सेन्ट्रल फाइनान्स ७.२३, नविल इक्विटी फण्ड ५.२९, सिनर्जी पावर डेभलपमेन्ट ५ र स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.९९ प्रतिशतले गुमाएका छन् ।
प्राविधिक बिश्लेषण :
मुख्य प्रतिरोध : १३२५ पहिलो टेवा: १३०८
- हाल बजारले १३५९ को उच्च बिन्दु बनाए पछि बजार सच्चि रहेको देखिन्छ। आज नेप्से परिसूचक १३१३ दशमलब ४२ को बिन्दुमा बन्द भएको छ ।
- आज नेप्सेले “वियरिस” मैनबत्तीको चित्र बनाएको छ। यसले आज बजारमा आपूर्ती बढी रहेको जनाउँदछ ।
- दैनिकी अवधिमा “आरएसआई” ७३ दशमलब ५७ को बिन्दुमा छ। हालसम्म आरएसआईको प्रवृत्तिले बजारमा शेयर बढी खरिद भएको जानकारी गराएको छ ।
- “एडिएक्स” ले बजारमा हालसम्म क्रेताको चाप रहेको जानकारी गराएको छ भने जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले क्रेताको चाप हुन थालेको जानकारी गराएको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले विक्रेताको चाप हुने सम्भावना जानकारी गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १३२५ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३०८ को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार