मङ्गोलियामा जाडोका कारण २६ हजारभन्दा बढी जनावर मरे
नेपालबहस संवाददाता
माघ ९, २०७६ बिहिबार १४:४६:१८
९ माघ एजेन्सी । अत्यधिक जाडोका कारण मङ्गोलियामा २६ हजारभन्दा बढी जनावर मरेका छन् । शिशिर ऋतु चलिरहेकाले अत्यधिक चिसो भएको र ती जनावरहरु मरेको मङ्गोलियाका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
मङ्गोलियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय (एनइएमए)का अनुसार यही जनवरी महिनामा पश्चिमी उभ्स प्रान्तलगायतमा यति धेरै जनावर मरेका हुन् ।
देशका २१ प्रान्तमध्ये ६ प्रान्तमा अहिले चिसोको बढी प्रभाव परेको छ । तीमध्ये पनि ९० प्रतिशत जनावर उभ्स प्रान्तमै मरेका हुन् । घटनास्थल केन्द्रीय राजधानी उलान बाटोरदेखि झण्डै १३ सय किलोमिटर टाढा पर्दछ ।
मङ्गोलियामा जाडो मौसमका बेलामा धेरै जनावर मर्ने गरेको अधिकारीहरुले बताएका छन् । यसअघि सन् २०१६ मा पनि दश लाखभन्दा बढी जनावर यही शिशिर ऋतुमा जाडोकै कारण मरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार