कोरोना भाइरसका कारण वुहान नगरमा उडान, रेल तथा बस सेवा बन्द
नेपालबहस संवाददाता
माघ ९, २०७६ बिहिबार १५:६:३८
९ माघ एजेन्सी । श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान शहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट चिनियाँ शहर वुहानबाट अन्यत्र फैलिइसकेको छ । पाँच सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने कैयौँको ज्यान गइसकेको छ ।
कोरोना भाइरसको पछिल्लो सङ्क्रमण चीनको वुहान शहरको एक बजारमा जनावरबाट सुरु भएको अधिकारीहरूको भनाइ छ । अहिले चिनियाँ अधिकारीहरूले वुहान शहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभई शहर नछोड्न निर्देशन दिएका छन् ।
नयाँ वर्षको बिदा
बिहीवार बिहानदेखि लागु हुने नयाँ नियम चिनियाँ नयाँ वर्षको बिदाको अवसरमा कार्यान्वयनमा आउन लागेको छ । यो बेला दशौँ लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्कने गर्छन् ।
कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म १७ जनाको ज्यान गइसकेको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चिनियाँ कदमको स्वागत गरेका छन् ।
कोरोना भाइरसले उत्पन्न गरेको चिन्ताबीच त्यो समस्यासँग जुझ्न विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा डब्लूएचओले बिहीवार दोस्रो बैठकको आयोजना गरेको छ । त्यसका सङ्क्रमितहरू चीन र उसका छिमेकी देशका अतिरिक्त अमेरिकामा पनि भेटिइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार