एमसीसी परियोजना बिरुद्ध शनिवार काठमाडौमा विशाल विरोध प्रर्दशन हुने
नेपालबहस संवाददाता
माघ ९, २०७६ बिहिबार १७:२:१५
९ माघ, काठमाडौं । अमेरिकी परियोजना (एमसीसी) विरुद्ध राजधानी काठमाडौंमा विशाल विरोध प्रर्दशन गरिने भएको छ । विकासे परियोजनाको नाममा नेपाल छिरेर अमेरिकी साम्राज्यवादले आफ्नो गतिविधि बढाउने चलखेल गर्न लागेको भन्दै राष्ट्रिय झण्डासहित विरोधसभा गरिने भएको हो ।
राष्ट्र र राष्ट्रियताको रक्षाका निम्ति राष्ट्रको अखण्डता जगेर्ना गर्न, मुलुकको सार्बभौमसत्ताको सुरक्षा गर्न मातृभुमि संरक्षण नेपालको आयोजनामा एमसीसी परियोजनाको विरुद्ध विरोध प्रदशर्न हुन लागेको हो । यहि माघ ११ गते शनिबार दिउँसो प्राचीन राजदरबार परिसर हनुमानढोका शिवपार्वती डबलीबाट एमसीसी परियोजनाको राष्ट्रघाती कदम रोक्न राष्ट्रिय झण्डासहित जुलुस निकाल्ने कार्यक्रम रहेको आयोजक संस्थाका संयोजक राजन महर्जनले जानकारी नेपालबहसलाई जानकारी दिएका छन् ।
कार्यक्रममा विभिन्न राष्ट्रवादी संघ र संस्था,देशभक्त नेपाली नागरिकको उपस्थिती रहने जनाइएको छ । शनिबार दिउँसो १ बजे हुने कार्यक्रममा एमसीसी परियोजनालाई संसदबाट पारित गर्ने नेपाल सरकारको कदम रोक्न आयोजना गरिएको कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरिएको छ । एमसीसी परियोजना विरुद्ध देशका विभिन्न स्थानमा विरोधसभा जारी छ्न् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार