डढेलो फैलिएपछि क्यानबेराको विमानस्थल बन्द
नेपालबहस संवाददाता
माघ ९, २०७६ बिहिबार १८:८:५२
९ माघ एजेनसी । डढेलो फैलिएर नजिक आएपछि अस्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थल बन्द गरिएको छ।संसद् भवनबाट २० मिनेटको दूरीमा रहेको विमानस्थलका सबै उडानहरू रद्द गरिएका छन्।
बिहीवार तापक्रम बढेपछि दक्षिण र पूर्वका क्षेत्रहरूमा फेरि डढेलो फैलिएको अधिकारीहरूले बताएका छन्।एउटा डढेलो नियन्त्रण गर्ने विमान पनि राजधानीबाट दुई किलोमिटर टाढा रहेको स्नोइ माउन्टेन्समा दुर्घटनाग्रस्त भएको विवरणहरू आएका छन्।
न्यू साउथ वेल्स रुरल फायर सर्भिसले बिहीवार दिउँसो एउटा ठूलो हवाई ट्याकङ्करसँग सम्बन्ध टुटेको पुष्टि गरेको छ।न्यू साउथ वेल्समा १०० भन्दा बढी डढेलोहरू बलिरहेको बताइएको छ। क्यानबेरामा भने दुईवटा डढेलो विमानस्थल नजिकै आइपुगेपछि अधिकारीहरूले मानिसहरूलाई विमानस्थलबाट टाढै रहन सुझाव दिएका छन्। अधिकारीहरूका अनुसार बुधवार शुरू भएका डढेलोहरू बढेर विमानस्थलको क्षेत्रमा आइपुग्न लागेको बताएका छन्।
सिड्नी र मेलबर्नको बीचमा रहेको क्यानबेराको सीमा क्षेत्रमा ठूला डढेलोहरू हप्तौँदेखि सकृय छन्। गएको सेप्टेम्बरदेखि अस्ट्रेलियामा लागेको डढेलोका कारण ३० जनाको मृत्यु भइसकेको छ।
त्यहाँ एक करोड हेक्टरभन्दा बढी क्षेत्रलाई डढेलोले विनाश गरेको छ। हालैका दिनमा भएको वर्षाका कारण डढेलोको सङ्ख्या आधा भएको छ। तर अग्नि नियन्त्रण अधिकारीहरूले थोरै वर्षाले अल्पकालीन समाधान मात्रै दिने र जोखिमपूर्ण अवस्था फर्कने बताएका छन्।सिड्नीमा बिहीवार तापक्रम ४० डिग्री सेल्सीअस पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार