२ सय ४१ छाउगोठ भत्काइए
नेपालबहस संवाददाता
माघ ९, २०७६ बिहिबार २१:४५:१०
९ माघ, काठमाडौं । गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २ सय ४१ छाउगोठ भत्काइएको हो ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखको अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिका जिल्लाकै बढी ११२ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।
त्यसैगरी भैरवी गाउँपालिकामा ५८, दुल्लु नगरपालिकामा १३, गुराँस गाउँपालिकामा तीन, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २० र अन्य स्थानीय तहमा गरी २ सय ४१ छाउ गोठ भत्काइएको उनले जानकारी दिए । पहिलो चरणमा ११ वटै स्थानीय तहमा छाउपडी उन्मूलनसम्बन्धी अन्तक्र्रिया र छलफल गरिएपछि दैलेखमा छाउगोठ भत्काउने अभियान थालिएको हो ।छाउगोठ भत्काउन स्थानीय तहका जनप्रतिनिधिले पनि सक्रिय सहभागिता जनाएका छन् । तर पश्चिमको ठाटिकाँध गाउँपालिका, पूर्वको भगवती गाउँपालिका, महाबु गाउँपालिका र नौमूले गाउँपालिकामा छाउगोठ भत्काइएको छैन ।
ठाटिकाँधमा छुट्टै छाउगोठ नभएका घरकै गाई गोरु बाँध्ने ठाउँमा महिनावारी भएका महिला बस्ने गरेकाले गोठ भत्काउँदा घर भत्किने हुनाले गोठ नभत्काइएको प्रहरी निरीक्षक साउदले बताए । छाउगोठ भत्काउन बाँकी रहेका महाबु, भगवती, नौमूले र डुगेश्वर गाउँपालिकामा उस्तै समस्या भएको प्रहरी निरीक्षक साउदको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार