बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या
नेपालबहस संवाददाता
माघ १०, २०७६ शुक्रबार १३:१८:२६
१० माघ चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत चौध जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ । विसं २०७४ भदौ १ गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको थियो ।
प्रथम सेवा बिन्दुको रुपमा अस्पतालले बीमाका बिरामीलाई सेवा दिँदै आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमा लागू भएपछि पुसमसान्तसम्ममा ५३ हजार ४३८ बिरामीले बीमाको सुविधा प्राप्त गरेका छन् ।
तीनै बिरामीले अस्पतालमा दुई लाख ४४ हजार ९४२ पटक सेवा लिएको उनले जानकारी दिए । सबैभन्दा बढी चितवनका बिरामीले सेवा लिएका छन् । यसपछि मकवानपुर, तनहुँ र गोर्खा जिल्ला रहेका छन् । रोल्पा, रुकुम, पाल्पा, दाङ्, अर्घाखाँची, पर्सा, सिन्धुली, रामेछाप, कास्की र रौतहटका बिरामीले पहिलो सेवा बिन्दु र रेफरल सेवा विन्दुका रुपमा अस्पतालबाट सेवा लिएको जनाइएको छ ।
बीमा कार्यक्रमबाट अस्पतालले रु २६ करोड १२ लाख ५२ हजार २५८ प्राप्त गरेको छ । रु आठ करोड पाउन बाँकी रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले बीमा लागू भएका सरकारी अस्पतालमा भरतपुर अस्पतालको सेवा उत्कृष्ठ रहेको जानकारी दिए । स्वास्थ्य बीमा बोर्डले समयमा भूक्तानी नगर्दा सञ्चालनमा कठिनाइ भएको उनले बताए ।
बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेलले भरतपुर अस्पतालले धेरै बिरामीलाई सेवा दिएको बताउँदै सेवामा अरु बढी सुधार आवश्यक रहेको बताए । जनशक्तिको अभावमा भुक्तानीमा केही ढिलाइ भएको भएको र छिट्टै भुक्तानी गरिने उनले जानकारी दिए ।
देशभरका ५० जिल्लाका २५ लाख जनताले स्वास्थ्य बीमा गरेका छन् । देशका सबै जिल्लामा बीमा कार्यक्रम कार्यान्वयनमा आउँदै छ । विसं २०७२ चैत्र २५ गते कैलालीबाट शुरु भएको बीमा कार्यक्रमअन्तर्गत पछिल्लो पटक यही माघ ७ गते धादिङमा ५०औँ जिल्लाको रुपमा बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
चालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार