कोरोना भाइरस नियन्त्रणका लागि ठूला कार्यक्रम नगर्न चीनको आग्रह
नेपालबहस संवाददाता
माघ १०, २०७६ शुक्रबार १३:३२:०
१० माघ एजेन्सी । पछिल्लो केही समयदेखि विश्वको चिन्ताको बिषय बनेको कोरोना भाइरसको सङ्क्रमण थप फैलिनबाट रोक्नका लागि बेइजिङले चिनियाँ नयाँ वर्षका अवसरमा गरिने सबै ठूला कार्यक्रम रद्द गर्ने भएको छ ।
सरकारले शुरूमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिसो, फ्लु वा निमोनियासँग मिल्दाजुल्दा लक्षण भएको नयाँ कोरोना भाइरस (२०१९–कोभ) को सङ्क्रमण हरेक दिन फैलिएका सूचनापछि श्वास्थ्य अधिकारीहरूको अनुरोधमा सरकारले नयाँ वर्ष मनाउँदा ठूलो जमघटलाई प्रोत्साहन नगर्न नागरिक तथा स्थानीय प्रशासनहरूलाई आग्रह गरेको बिहीबार जनाइएको छ ।
कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न गरिएको अनुरोधपछि चीनभर विशेष उल्लाससाथ मनाइने नयाँ वर्षका खास गरी ठूला जमघटहरू तथा मन्दिरहरूमा लाग्ने मेलाहरू समेतलाई रद्द गर्न स्थानीय प्रशासनले सूचना जारी गरिसकेका छन् ।
चिनियाँहरू नयाँ वर्षमा आफ्ना वर्षभरिका बोझलाई बिसाउँदै कामबाट बिदा लिई घर फर्किने र सामूहिक जमघटका कार्यक्रममार्फत रमाइलो गर्ने चलन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार