घटेन तरकारीको भाउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ १०, २०७६ शुक्रबार १५:२१:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/1109241214tarkari-bisadi-e1579837802607_KZ4fjGYIes.jpeg)
१० माघ काठमाडौं । दैनिक उपभोग्य वस्तु तरकारीको भाउ गत वर्षको यस अवधिको तुलनामा तीन सय प्रतिशतभन्दा बढी महँगो भएको छ । असारदेखि लगातार आकाशिएको तरकारीको भाउ अहिलेसम्म सस्तो हुन सकेको छैन । यो अहिले केही सस्तो भए पनि गत वर्ष यसै अवधिको तुलनामा ३४४ प्रतिशतसम्म महँगो भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी विकास बजार समितिका अनुसार अघिल्लो वर्ष यसै अवधिको तुलनामा अहिले सबैभन्दा बढी महँगो सुकेको प्याज भएको छ । अघिल्लो वर्ष प्रतिकेजी २५ रुपियाँमा कारोबार भएको प्याज अहिले प्रतिकेजीको ११५ रुपियाँ थोकमा कारोबार भइरहेको छ ।
यस्तै बन्दाको मूल्य पनि अघिल्लो वर्ष यस अवधिको तुलनामा अहिले ३२२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस अवधिमा प्रतिकेजी आठ÷नौ रुपियाँ थोकमा पाइने बन्दागोबी अहिले थोकमै प्रतिकेजीको ४० रुपियाँमा किनबेच भइरहेको छ । त्यसैगरी अघिल्लो वर्ष यसै अवधिको तुलनामा अहिले आलु प्रतिकेजीमा ७० प्रतिशतसम्म महँगो भएको छ भने काउली ४० प्रतिशतसम्म भएको समितिले जनाएको छ ।
आलु पनि गत वर्ष यस अवधिको तुलनामा अहिले ७० प्रतिशतसम्मले महँगो भएको छ । प्रतिकेजी २७-२८ रुपियाँ थोकमा कारोबार भएको आलु अहिले सो परिणामको आलु थोकमै ५० रुपियाँभन्दा बढी छ । समितिका अनुसार सो अवधिमा प्रतिकेजी १२ रुपियाँमा थोकमा किनबेच भएको सेतो मुला अहिले बढेर २५ रुपियाँ, मटरकोसा ३५ रुपियाँ केजीबाट बढेर ६५ रुपियाँ, पाकेको फर्सी २२ रुपियाँबाट बढेर ४२ रुपियाँमा कारोबार भएको छ ।
त्यसो त नेपाल राष्ट्र बैङ्कले यही साता सार्वजनिक गरेको पाँच महिनाको प्रतिवेदनमा तरकारीलगायत खाद्यवस्तुको मूल्य नौ दशमलव ७६ प्रतिशत महँगो भएको उल्लेख छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा समग्र महँगी ६ दशमलव ५५ प्रतिशतले बढेको पनि सोही प्रतिवेदनमा छ ।
सरकारले बजेट वक्तव्यमार्फत यस आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ९ दशमलव ७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४ दशमल १० प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, फलफूल, दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च छ ।
सो प्रतिवेदनमा समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा ७ दशमलव ६० प्रतिशत, तराईमा ६ दशमलव ६६ प्रतिशत, पहाडमा ५ दशमलव २७ प्रतिशत र हिमालमा ४ दशमलव ८३ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्र बैङ्कले जनाएको छ ।उपभोक्ता अधिकारकर्मीले तरकारीको मूल्य बढ्नुका मुख्य कारण बजार अनुगमन प्रभावकारी नहुनु र तरकारी बिचौलिया व्यापारीकै हालिमुहालीले गर्दा तरकारीको भाउ वर्षभरि सस्तो नभएको आरोप लगाएका छन् ।
उपभोक्ता अधिकारकर्मी विमला खनालले तरकारीलगायत खाद्यवस्तु महँगो हुनुको मुख्य कारण बजार अनुगमन प्रभावकारी नहुनु हो भने । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले तरकारीलगायत अन्य खाद्यवस्तुको मूल्य बढ्नुको एउटा मुख्य कारण बिक्रीको तह निर्धारण र अर्को बजार अनुगमन प्रभावकारी नभएर भन्नेमा केही सत्यता भएको स्वीकार गरे ।
उहाँले बजार अनुगमन प्रभावकारी गराउनेका लागि विभागले हालै विज्ञसहितको समिति गठन गरी बजारको तह निर्धारण गर्ने तयारी गरेको जानकारी दिए । उनले भने, समितिले तरकारी वा अन्य खाद्यवस्तुमा कति तह हुनुपर्छ त्यो स्पष्ट सुझाव दिनेछ र त्यसका आधारमा बजार अनुगमन गरेर त्योभन्दा बढी तह पाइएमा कारबाही गरिनेछ ।
तरकारी महँगो हुनुको मुख्य कारण नै तरकारी किसानदेखि उपभोक्तासम्म आउँदा धेरै तह पार गर्ने भएकाले यसको मूल्यमा असर देखिएको र समितिले दिने सुझावमा हामीले तरकारीमा कति तह हुनुपर्ने स्पष्ट आउने महानिर्देशक सुवेदीको भनाइ छ । गोरखापत्रबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार