नेपालगञ्ज विमानस्थलमा सहायता कक्ष सञ्चालनमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ १०, २०७६ शुक्रबार १७:८:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepalgunj-Airport_paSz8NAsEA.jpeg)
१० माघ नेपालगञ्ज । विपद् व्यवस्थापनका गर्न बाँके र बर्दिया जिल्लालाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा मानवीय सहायता कक्ष विहीबारदेखि सञ्चालनमा छ ।
गृह सचिव प्रेमकुमार राईले सातवटै प्रदेश र सबै दुर्गम विमानस्थल रहेको ठाउँमा गरी १२ वटा मानवीय सहायतास्थल निर्माण गर्ने योजना रहेको जानकारी दिए।
काठमाडौं, धनगढीपछि नेपालगञ्ज विमानस्थलमा स्थापना भएको सो कक्ष तेस्रो भएको जनाइएको छ । उनले सहायता कक्ष निर्माण भए पनि कर्मचारी व्यवस्थापनमा समस्या रहेको हुँदा यथाशीघ्र सबै ठाउँमा कर्मचारी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने छ ।
खसी नियन्त्रणमा
बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले २५७ वटा अवैध खसी नियन्त्रणमा लिएको छ । प्रहरीले राप्ती सोनारी गाउँपालिकाको कुसुममा रहेको जङ्गलमा रा १ ख २८१ र रा १ ख १०९८ नम्बरका दुई वटा ट्रक र म १ ख ८२८ नम्बरको बसमा लोड गरिराखेको अवस्थामा खसी बरामद गरेको प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।
उनका अनुसार, उक्त खसीको बजार मूल्य करिब रु ३५ लाख रहेको छ । प्रहरीका अनुसार बरामद गरिएका खसीलाई काठमाडौं लैजाने तयारी गरिएको थियो । खसीसहित चालक दलका सदस्यलाई पक्राउ गरिएको छ ।
प्रहरीले जाँचका क्रममा खसी लैजाने गाउँपालिकाको सिफारिस र पशु क्वारेन्टाइन कार्यालयको पत्रमा शङ्का लागेपछि थप अनुसन्धानका लागि खसी नियन्त्रणमा लिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार