नेपाल एअरलाइन्सका २५ पाइलटद्वारा सामूहिक राजीनामा
नेपालबहस संवाददाता
माघ १०, २०७६ शुक्रबार १७:१५:१४
१० माघ काठमाडौं । नेपाल एअरलाइन्सका २५ जना पाइलटले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी यो वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकै बेला सरकारी ध्वजावाहक नेपाल वायु सेवा निगमका २० जना अन्तराष्ट्रिय विमान चालकले भने सामुहिक राजीनामाको चेतावनी दिएका हुन् ।
सेवा सुविधा थोरै भएको भन्दै दुई २० जना विमान चालकले राजीनामा नोटिस भन्दै निगम समक्ष तीन महिनाको समय सीमा दिएका छन् । विदेशी र स्वदेशी पाइलटबीच सेवा सुविधामा ठूलो विभेद रहेको भन्दै उनीहरुले समान सुविधाको माग गरेका छन् ।
नेपाल भ्रमण वर्ष सफल बनाउन राष्ट्रिय ध्वजावाहकको महत्वपूर्ण भूमिका हुने अवस्थामा विमान चालकहरुले हिजो साँझ निगम व्यवस्थापन समक्ष सामुहिक राजीनामाको अल्टिमेटम दिएका हुन् ।
यसैबीच निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालयन एयरलाइन्सले अन्तराष्ट्रिय सेक्टरका लागि ठूला जहाज ल्याउने तयारी गरिरहेका बेला निगममा कार्यरत पाइलटले राजीनामाको धम्की दिनु केवल संयोग मात्र हुन सक्छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भर्खरै मात्र पदबाट राजीनामा दिएका छन् । सरकारले निगमको अध्यक्षका रुपमा हाललाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब केदारबहादुर अधिकारीलाई तोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार