भागबण्डामै मिल्ने भो कांग्रेसको विवाद
कुसुम सेञ्चुरी
माघ १०, २०७६ शुक्रबार १८:१४:४६
१० माघ काठमाडौं । अन्ततः नेपाली कांग्रेस भित्रको झगडा भागबण्डामै सामसुम हुने संकेत मिलेको छ । आज अपरान्ह् पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा हुने छलफलमा दुबै पक्षले भागबण्डा मिलाएर सहमति गर्ने तयारी गरेका छन् ।
यस प्रयोजनका लागि हिजो साँझ महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा असन्तुष्ट पक्षका नेताहरु छलफलमा जुटेका थिए । गत पुस ११ गते संस्थापन पक्षले बहुमतको आधारमा एकलौटी रुपमा महाधिवेशनको कार्यतालिका लगायत विधानको धारा निलम्बन र विभाग संख्या बढाउने निर्णय गरेको थियो ।
सो निर्णय विरुद्ध रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाउँदै आफू पक्षीय जिल्ला सभापतिहरुलाई काठमाडौं बोलाएर देउवालाई दवाव दिएका थिए । सोही दवावले गर्दा देउवाले पूर्व निर्णय सच्याउने वचन दिएका थिए ।साथै विवाद समाधानका लागि उपसभापति बिमलेन्द्र निधि, पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह र सिटौला बसेर धेरै विषयमा छलफल गरेका थिए ।
साथै अस्ति पनि देउवाले पौडेल र सिटौलालाई बोलाएर सहमतिको मस्यौदा तयार गर्न आग्रह गरे बमोजिम आज पुनः बैठक बस्न लागेको हो । आजको बैठकले भने समस्याको गाँठो फुकाउने विश्वास दुबै पक्षले गरेका छन् ।
तर त्यसको आधार भने पुनः भागबण्डा नै हुने भएको छ – एकजना केन्द्रीय सदस्यले भने । अहिले बुढानिलकण्ठमा छलफल भइरहेको छ – उनले भने । आजको छलफलमा देउवा, पौडेल, सिटौलाका साथै निधि , सिंह पनि सहभागी छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपबागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार