बुटवलमा दिनहुँ जसो चोरी, चोरलाई पक्राउ गर्न प्रहरी असफल
नेपालबहस संवाददाता
माघ १०, २०७६ शुक्रबार १९:२४:२६
१० माघ काठमाडौं । चोरीका घटना बढेपछि बुटवल वडा नं १३ का स्थानीयवासीले वडामा चोरी नियन्त्रणका लागि रातिको समयमा गस्ती गरेका गरेका छन् ।
विगत केही महिनादेखि वडामा दर्जनौँ चोरीका घटना हुँदा पनि चोरीमा संलग्नलाई पक्राउ गर्ने कार्यमा प्रहरीले तदारुकता नदेखाएपछि स्थानीय मिलेर रातीमा गस्ती शुरु गरेका हुन् । वडाका नागरिकको सुरक्षाका लागि सुरक्षा समिति नै गठन गरेर सुरक्षा अभियान थालिएको झोलुङ्गेपुल टोल समितिका अध्यक्ष पिताम्बर भण्डारीले जानकारी दिए । चोरी नियन्त्रणका लागि स्थानीय व्यवसायी ज्ञानप्रसाद न्यौपानेकोे अध्यक्षतामा सुरक्षा समिति बनाएर टोल–टोलमा सचेतना जगाउने काम भइरहेकोपनि उनले बताए ।
प्रदेश नं ५ को अस्थायी राजधानी रहेको बुटवलमा समेत हरेक दिनजसो चोरीका घटना भएका छन् । उच्च सुरक्षाका बीच पनि चोरीका घटना बढ्दै गएपछि प्रहरीलाई चुनौती थपिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको तथ्याङ्कअनुसार यस आव २०७६÷७७ मा चोरीका घटनाका कूल ८५ मुद्दा दर्ता भएका छन् । मुद्दा दायर भएकामध्ये साधारण चोरीका धेरै छन् । यो आवमा छ सवारी चोरी भएका छन् । प्रहरीले विभिन्न प्रकारका चोरी मुद्दामा १५१ विरुद्ध मुद्दा चलाएको छ । चोरीमा संलग्न रहेको अभियोग लागेका नौ अझै फरार छन् । प्रहरीले गत आवमा १६१ चोरीका मुद्दा दर्ता गरेको थियो, जसमा २२४ विरुद्ध मुद्दा दायर गरिएको थियो ।
बुटवलमा सबैभन्दा बढी वडा नं १३ र १४ मा चोरीका घटना भएका छन् । शङ्खलाबद्ध चोरीका घटना बढ्दै गएपछि सर्वसाधारण त्रसित बनेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारीअनुसार यस आव २०७६÷७७ मा चोरीका घटनाका ४९ मुद्दा दायर गरिएको छ । मुद्दा दायर भएकामध्ये साधारण चोरीमा धेरै रहेको छ । साधारण चोरीमा ४३ मुद्दा दायर गरिएको छ । यस्तै चौपाया चोरीमा तीन, डाँका चोरीमा एक, चोरी उद्योगमा दुई मुद्दा दायर गरिएको छ । इलाका प्रहरीले आव २०७५÷७६ मा चोरीका घटनामा ९८ मुद्दा दायर गरेको थियो । पछिल्लो दुई वर्षको अवधिमा इलाका प्रहरीले १९५ विरुद्ध चोरीको मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नवीन चुँदालीले जानकारी दिए ।
सङ्गठितरूपमा हुने चोरीका घटनामा कमी आए पनि साधारण चोरीका घटनामा भने कमी आउन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । रातिमा सबै सुतेको मौका छोपेर धेरै चोरी हुने गरेको उनले बताए। चोरीका मुद्दामा पछिल्लो सात महिनामा मात्रै करीब ८० लाई मुद्दा चलाइएको उनले जनाकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार