नेपालको रेलवे भारतीय भर्तीकेन्द्र ! दक्ष जनशक्तिमा नेपालीलाई निषेध गर्ने षडयन्त्र
कुसुम सेञ्चुरी
माघ १०, २०७६ शुक्रबार १९:३८:४२
१० माघ, काठमाडौं । नेपालमा रेलवे सेवा सञ्चालन हुँदैछ भन्ने सरकारलाई जानकारी नभएको होइन । तर सरकार यस अवधिमा रेल सेवा सञ्चालनको प्रमुख आवश्यकताको रुपमा रहेको रेलवेका चालक, सहचालक र अन्य प्राविधिक कर्मचारीको व्यवस्था गर्न पुरै उदासिन रह्यो ।
रेलको चालकको तालीम अधिकतम दुई वर्षको हुन्छ । नेपालमा रेल सेवा सञ्चालन हुने जान्दाजान्दै नेपाल सरकारले यस विषयमा कुनै चासो दिएन । नेपालीलाई रेल सेवाको चालक, सहचालक लगायत अन्य प्राविधिक विषयमा दक्ष जनशक्ति तयार गर्न आवश्यक तालीम दिन सरकार अनिच्छुक रहेको तथ्य हालै उजागर भएको छ । हिजाे जारी गरिएको मन्त्रीपरिषदका निर्णयहरु मध्ये एउटा निर्णय रेलवे सेवा सञ्चालनका लागि २६ जना विदेशी प्राविधिक नियुक्त गर्ने नेपाल सरकार मन्त्रीपरिषदको निर्णयमा भनिएको छ ।
सरकारले यस्ता दक्ष प्राविधिक कर्मचारी उत्पादन गर्न कुनै मलतव नगर्ने तर अहिले आएर दक्ष नेपाली नागरिकबाट आपूर्ति हुन नसकेमा विदेशी दक्ष श्रमिक नियुक्त गर्न नेपाल रेल्वे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरिएको छ ।
रेलवेमा विदेशी दक्ष प्राविधिक भर्ना गर्न पाउने सम्वन्धी नेपाल सरकार मन्त्रीपरिषदको निर्णयको बुँदा
१४. जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपाली नागरिकबाट आपूर्ति हुन नसकेमा श्रम ऐन, २०७४ को दफा २२ बमोजिम २६ जनासम्म विदेशी दक्ष श्रमिक नियुक्त गर्न नेपाल रेल्वे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइएको छ ।
नेपालमा कुनै पनि नयाँ व्यवस्था गर्दा आयोजना निर्माण र दक्ष जनशक्ति उत्पादन सँगसँगै गर्ने प्रचलन थियो । चाहे त्यो नेपाल बैंक स्थापनाको कार्य होस् या दुरसञ्चार सम्वन्धी कार्यहरु नै किन नहुन् वा नेपाल टेलिभिजन स्थापना गर्दा होस् । दक्ष प्राविधिकहरु पनि सँगसँगै तयार गरिन्थे । तर यसपटक रेल सेवा सञ्चालन गर्दा यो प्रचलनलाई फलो गरिएन । र सरकारले सजिलो बाटो रोज्यो, भारतबाट दक्ष प्राविधिक भर्ती गर्ने । यो निर्णयसँगै रेल सेवाका लागि चाहिने आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कुनै कार्ययोजना सरकारले प्रस्तुत गरेको भएपनि केही सन्तोष गर्ने ठाऊँ रहन्थ्यो ।
तर मन्त्रिपरिषदको निर्णयमा यस्तो कुनै योजना गरिएको छैन । यसको अर्थ हो, नेपाली रेलवे सेवालाई दक्ष प्राविधिकका सम्बन्धमा सदैव परनिर्भर बनाई राख्ने र नेपालीहरुलाई साना तिना प्रशासकीय र अदक्ष काम मात्र दिने सरकारको सोच रहेको छ भन्ने सरोकारवालाहरुलाई परेको छ । बोइङ उडाउन सक्ने, एयरबस हाँक्न सक्ने नेपालीहरु रेलको चालक हुन नसक्ने कुरै छैन ।
तर नेपालीहरुको मनोबल गिराउने गरी सरकारले नेपालको रेल सेवामा दक्ष प्राविधिक नलिने र भविष्यमा पनि उत्पादन नगर्ने जुन चरित्र देखाएको छ यसले स्वाभिमानी नेपालीको शिर निहुर्याएको छ । यदि विदेशी दक्ष जनशक्ति नियुक्ति गर्ने नै हो भने अन्तर्राष्ट्रिय रुपमा भ्याकेन्सी खोलेर सरकारले गर्नुपर्ने हो तर सरकार सिधै भारतबाट कर्मचारी लिने सोंचमा रहेको श्रोतको दावी रहेको छ ।
यसलाई चिर्न आगामी मन्त्रिपरिषद बैठकले कम्तीमा नेपाली रेलवे सेवालाई चाहिने दक्ष कर्मचारी उत्पादन गर्न आवश्यक तालीम दिने घोषणासहित निर्णय गरोस् ताकी नेपालभित्र रेल सेवा सञ्चालन गर्न नेपालीहरु नै सक्षम होऊन ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार