स्याङ्जाको वालिङ नगरपालिका सबै विवाद वडामै समाधान हुने
नेपालबहस संवाददाता
माघ १०, २०७६ शुक्रबार २०:४४:८
१० माघ काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । नगरभित्रका १४ वटै वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरेको छ भने सबै वडामा वडा संयोजकसहित मेलमिलापकर्ताको व्यवस्था मिलाएको नगरपालिकाका कानून शाखा प्रमुख नरबहादुर पौडेलले बताए ।
“स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ मा १३ प्रकृतिका देवानी विवाद निर्णय वा फैसला गर्ने व्यवस्था न्यायिक समितिमा रहेको छ”, कानून शाखा प्रमुख पौडेलले भन्नुभयो, “४७ को उपदफा २ अनुसार ११ प्रकृतिका देवानी तथा एक वर्षसम्म कैद सजाय हुने फौजदारी प्रकृतिका विवाद मेलमिलापका माध्यमबाट निरुपण गरिने व्यवस्था भएकाले तिनै ११ प्रकृतिका विवाद वडास्तरमै मेलमिलापकर्ताले निरुपण गर्नेछन् ।
वडास्तरमा मेलमिलापकर्ताले विवाद समाधानका लागि पहल गर्ने र उक्त विवाद समाधान हुन नसकेमा न्यायिक समितिमा आउने कानून शाखा प्रमुख पौडेलले बताए। न्यायिक समितिले वादी प्रतिवादीलाई मेलमिलाप गराउने पहल गर्ने र मेलमिलाप हुन नसकेमा स्याङ्जा जिल्ला अदालतमा सिफारिस गर्ने शाखा प्रमुख पौडेलको भनाइ थियो ।
वडाको मुद्दा वडामै मिलाउने वातावरण सिर्जना गरिएकाले वादी प्रतिवादीले वडाभित्रैका सूचिकृत मेलमिलापकर्ता छनोट गरी न्याय प्राप्त गर्नसक्ने र वादी प्रतिवादीबीच मेलमिलापकर्ताको छनोट गर्न नसकेमा वडा संयोजकले मेलमिलापकर्ता छनोट गरिदिने वा आफँै सहभागी भएर मुद्दा मिलाउने जिम्मेवारी दिइएको कानून शाखा प्रमुख पौडेलले बताए।
मेलमिलापकर्तालाई मुद्दाको छिनोफानो गरेको खण्डमा पारिश्रमिकको व्यवस्था मिलाइएको कानून शाखा प्रमुख पौडेलले बताए । वालिङ नगरपालिकामा हाल ११६ जना सूचिकर्ता मेलमिलापकर्ता छन् । वडाभित्रको विवाद वडाबाटै मिलाउने भएपछि भने नगरवासीले न्याय सम्पादनमा सहजता भएको महसुस गरेका छन् । वालिङ नगरपालिकाले अष्ट्रेलियन एड र दि एशिया फाउण्डेशनको सहयोग तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरणमा कार्यक्रम अगाडि बढाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार