गण्डकीमा घट्यो ट्रायल शुल्क अबदेखि रु २४ मात्रै
नेपालबहस संवाददाता
माघ १०, २०७६ शुक्रबार २२:६:१५
१० माघ काठमाडौँ । गण्डकी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिँदा तिर्नुपर्ने शुल्क घटाइएको छ । यस अगाडि ट्रायल दिन कार प्रयोग गरेवापत रु ३०० शुल्क तिनुपर्नेमा अबदेखि रु २४ मात्रै शुल्क तिरेर प्रयोग गर्न सकिने भएको छ ।
यातायात व्यवस्था कार्यालय गण्डकी र सनराइज ड्राइभिङ स्कूलअन्तर्गतको कुसुम सप्लायर्सको सहकार्यमा उक्त रकममा छुट प्रदान गर्न लागिएको हो । यही माघ १५ गतेबाट लागू हुनेगरी सम्झौता भएको सनराइज ड्राइभिङका अध्यक्ष वसन्त भट्टचनले जानकारी दिए । चारपाङग्रे जिप, कार, डेलिभरी भ्यानका लागि पहिला रु ३०० तिर्नुपर्नेमा रु २४ मात्र शुल्क लिन शुरु भएपछि ट्रायल दिने सर्वसाधरणलाई राहत हुने भट्टचन भनाइ छ ।
ट्रायल दिने क्रममा बसका लागि रु ७०० लिने गरिएकामा रु १८९, मिनीबसका लागि पहिला रु ६०० लिने गरिएकामा अब रु १२४ र ट्र्याक्टरका लागि रु ५०० लिने गरिएकामा अब रु ८९ शुल्क लाग्नेछ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र र सनराइज ड्राइभिङअन्तर्गतको कुसुम सप्लायर्सबीच गत पुस २३ गते सम्झौता भएको हो । नयाँ शुल्कमा ट्रायलमा उपलब्ध हुने गाडी नयाँ विशेषतासहितका हुने बताइएको छ । यस अगाडि पुराना मोडलका गाडीबाट ट्रायल दिनुपर्ने बाध्यता अब हट्नेछ । युरो मापदण्डका २०१९ मोडलका गाडी ट्रायलमा राखिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार