भलिबल क्लब च्याम्पियनसीपः पुरुष र महिलातर्फ आर्मी तेस्रो
नेपालबहस संवाददाता
माघ १०, २०७६ शुक्रबार २३:१६:४७
१० माघ काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा पुरुष र महिलातर्फ तेस्रो भएको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा तेस्रो स्थानका लागि आज भएको खेलमा आर्मीले पुरुष र महिला दुवैमा नेपाल पुलिस क्लबलाई ३–० सेटले हराएको हो । पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लब २५–१८, २५–१८ र २५–२० अङ्कले तथा महिला भलिबलमा २५–२२, २५–१३ र २५–२१ अङ्कले विजयी भएको हो । जितसँगै आर्मीले दुवै स्पर्धामा रु ५० हजार पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगिताको पुरुष र महिलातर्फको फाइनल खेल केहीबेरमा हुँदैछ । पुरुषतर्फ एपीएफ क्लब र हेल्प नेपाल तथा महिलातर्फ एपीएफ क्लब र न्यू डायमण्ड क्लबबीच उपाधिका लागि खेल हुँदैछ । महिला र पुरुष दुवै विधाको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
राफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार