अवरुद्ध मार्तडी कोल्टी सडक हिउँ हटाएपछि खुल्यो
नेपालबहस संवाददाता
माघ ११, २०७६ शनिबार १३:१०:४०
११ माघ बाजुरा । जिल्लाको मार्तडी कोल्टी सडक खण्डअन्तर्गत एक महिना अगाडिदेखि परेको हिउँ पन्छाएर सडक सञ्चालन गरिएको छ । बडिमालिका नगरपालिकाको सहयोग र वडा –७ को समन्वयमा एक महिनादेखि परेको हिउँ हटाएर बाटो खुलाइएको हो ।
अघिल्लो महिनादेखि परेको भारी हिमपात र वर्षाले मार्तडी कोल्टी सडकखण्डअन्तर्गत पर्ने पोरखे लेख र आसपासको क्षेत्रमा हिउँ जमेका कारण सडक अवरुद्ध भएको थियो । शुक्रबारदेखि अवरुद्ध सडक खुला गरिएको नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए ।
बाजुरामा परेको लगातारको हिमपातका कारण जनजीवन कष्टकर बन्नुका साथै उत्तरी क्षेत्रका चार स्थानीय तहमा दैनिक उपभोग्य सामानको अभाव भएको छ ।
वडा नं ७ कार्यालयको समन्वय तथा नगरपालिकाको सहयोगमा डोजर लगाएर हिउँ फालिएको वडाध्यक्ष पाध्यायको भनाइ थियो । चौथो पटकसम्म परेको हिमपातका कारण मार्तडी कोल्टी सडकखण्ड एक महिना अगाडिदेखि अवरुद्ध भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार