बुद्ध एयरले उडान गन्तव्य थप्दै
नेपालबहस संवाददाता
माघ ११, २०७६ शनिबार १९:३८:९
११ माघ, काठमाडौं । नेपालमा संचालनमा रहेका निजी क्षेत्रको ठूलो वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने भएको छ । कम्पनीले यही माग १८ गते शनिबारदेखि पदेश नं २ को राजविराजमा उडान शुरु गर्दैछ भने क्षेत्रीय उडानका रुपमा माघ २० गतेदेखि विराटनगरबाट पोखरा उडान सञ्चालन गर्ने जनाएको छ ।
बुद्धले काठमाडौँ–राजविराज दैनिक उडान गर्नेछ । उडानको समय काठमाडौँबाट ११ः२५ र राजविराजबाट १२ः२० निर्धारण गरिएको विज्ञप्तिमार्फत जनाएको छ । यो गन्तव्यको उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ । राजविराज उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्नेछ । दैनिक उडानले पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई समेत टेवा पुग्ने कम्पनीको विश्वास छ ।
राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो । यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ । राजविराज उडानले सीमापारिका सहरसा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिने र यसबाट दुवै देशका पर्यटकलाई फाइदा पुग्ने जनाइएको छ । राजविराज विमानस्थलमा निजी क्षेत्रको अर्को वायु सेवा प्रदायक कम्पनीले सातामा तीन दिन उडान गर्दै आएको छ ।
बुद्ध एयरले क्षेत्रीय उडान विस्तारका क्रममा पोखरा–विराटनगर रुटमा पनि उडान गर्न लागेको छ । यो गन्तव्यमा उडान अवधि एक घण्टा पाँच मिनेटको हुनेछ । यो रुटमा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान हुने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले क्षेत्रीय उडानका रुपमा यसअघि पोखराबाट चितवन र भैरहवा उडान गर्दै आएको छ । बुद्ध एयरसँग एटिआर ११ र दुई बिजक्राफ्ट गरी १३ जहाज सञ्चालनमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार