अगुवाहरुले गुनासो पोख्दपोख्दै सकियो सोनाम ल्होछार
नेपालबहस संवाददाता
माघ ११, २०७६ आइतबार १:५७:५०
११ माघ, काठमाडौं । तामाङ समुदायले नयाँ वर्षका रुपमा सोनाम ल्होछार २८५६ आज भव्यरुप मनाएको छ । हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रुपमा तामाङ जातिले यस पर्वलाई मनाउने गर्दछन् ।
यस पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र सम्वद्र्धनमा योगदान पु¥याउँदै आएको छ । बाग्मती प्रदेशका १३ जिल्लामा तामाङ समुदायको बाहुल्यता रहेको पाइन्छ ।
यसैबीच मुलुकका विभिन्न जिल्लाबाट काठमाडौं आएर विभिन्न पेशा व्यवसायमा संलग्न तामाङ समुदाय नयाँ वर्षका उपलक्ष्यमा टुँडिखेलमा आयोजित सांस्कृतिक महोत्सवमा सहभागी भएका छन् ।
सो रमाइलो माहोलमा तामाङ समुदायका युवा नेता एवं सांसद प्रेम तामाङ, तामाङ समुदायका अगुवा राजनीतिज्ञ कमानसिंह तामाङ, पर्शुराम तामाङलगायतले आफ्नो समुदायले उठाएका मुद्दालाई सरकार र प्रमुख राजनीतिक दलबाटै सम्बोधन गर्न कञ्जुस्याइँ गरेको भनी गुनासो गरे । उनीहरुले उत्साही र रमाइलो बातावरणमा झुमिरहेका युवा तथा वृद्धवृद्धाका माझमा बसेर सरकार र राजनीतिक दलप्रति कटाक्ष गरेका थिए ।
तामाङ जातिको मात्र नभई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जातिको चाडका रुपमा रहेको सोनाम ल्होछार पर्वलाई सरकारले बेवास्ता गरेका भनी सो अवसरमा उनीहरुले दुखेसो व्यक्त गरे। महोत्सवमा तामाङ समुदायको संस्कृति, वेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । महोत्सवमा उक्त समुदायको परिचय गराउने १०० भन्दाबढी खानापिनका कक्ष सञ्चालन गरिएको थियो । महोत्सवमा तामाङ समुदायका युवायुवतीको ठूलो सङ्ख्यामा सहभागिता देखिन्थ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार