राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता हुने
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार १९:५५:३८
मिना कंडेल, नवलपुर
११ माघ, काठमाडौं । खेलकुदको माध्यमबाट युवाहरुमा बन्यजन्तु एंवम वातावरण संरक्षण चेतनाको विकास र विस्तार गर्ने उद्धेश्यले पूर्वी नवलपरासीको मध्यविन्दु २ मा राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।
विश्वकै दुर्लभ एक सिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १६ बर्षदेखि सञ्चालन गरिँदै आएको प्रतियोगितालाई नेपाल सरकारको बन तथा भू—संरक्षण मन्त्रालय अन्र्तगतको बन्यजन्तु संरक्षण बिभाग, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिति चितवन, खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, अन्य सहयोगी संघ संस्थाहरु मध्यबिन्दु नगरपालिका लगायत स्थानीय संघ, संस्थाले यस प्रतियोगितालाई सहयोग गरिरहेको नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमन भण्डारीले बताए ।
आगामी फागुन ५ गतेबाट नवलपुरको मध्यविन्दु नगरपालिकामा हुने प्रतियोगितामा प्रतिभान राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय खेलाडीहरु उत्पादन गर्ने, खेलकुद तथा पर्यटनको संरक्षण गरी आन्तरिक बाह्य पर्यटक आर्क्िषत गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्दे आएको अध्यक्ष भण्डारीले बताए ।
उक्त प्रतियोगीतामा विभागीय टिम आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य १० टिमहरुको सहभागिता रहनेछ । सहभागी टिममध्ये प्रथम हुनेले रु १० लाख , दोस्रो हुनेले रु ५ लाख , प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई रु १० हजार, प्रतियोगीता भरको उत्कृष्ट खेलाडीलाई रु २० हजार र सर्वाधीक गोलकर्ताले रु २० हजार नगत सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला टी-२० विश्वकप: भारतमाथि न्यूजील्याण्डको शानदार जित
असोज १९, २०८१ शनिबार
महिला भलिबल लिगको फाइनलमा कर्णाली र ललितपुर भिड्ने
असोज १९, २०८१ शनिबार
जितपछि ललितपुर फाइनलको दौडमा कायम, चितवन बाहिरियो
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार
मन्त्रालयले भन्यो :- विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार