एक महिनादेखि कर्णालीमा इन्टरनेट सेवा ठप्प !
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार २१:२:३१
१२ माघ रारा मुगु । मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ । कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटका साबिकका कर्णालीका जिल्लामा एक महिनादेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो ।
गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा नेपाल टेलिकमद्वारा वितरित एडिएसएल इन्टरनेट सेवाले काम गर्न छोडेपछि यी जिल्लााहरु सञ्चारविहीन भएका हुन् । टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकका अनुसार कर्णालीमा बाक्लो हिमपातपछि नेपाल टेलिकमको दैलेखको महावु र जुम्ला जिल्लाको डाँफे लेखमा राखिएको रेडियो लिङ्कमा समस्या आएको, पटकपटक प्राविधिक टोली लेखमा चढ्न खोजे पनि मौसममा आएको खराबीका कारण लेख चढ्न नसकेर समस्या लम्बिएको, शुक्रबारबाट मौसममा सुधार आएकाले शनिबार प्राविधिक टोली महावु लेखमा पुगेकाले सम्भवतः सोमबारसम्म इन्टरनेट सेवा अवरुद्ध भएका जिल्लाहरुमा सेवा सञ्चालन हुनेछ ।
इन्टरनेट सेवा नचलेपछि जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घसंस्था, वित्तीय कारोवार गर्ने सहकारी तथा बैंकहरु र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका सहायक प्रबन्धक प्रकाशचन्द्र भामका अनुसार एडिएसएल इन्टरनेट नचल्दा बंैकमा सेवाग्राहीको भीड लाग्ने गरेको, बैंकका सबै प्रणाली चलाउन समस्या भएको बताउछन् । उनी बैंकमा बचत, लगानी र भुक्तानी गर्न आउने सेवाग्राहीका लागि बैंकको आन्तरिक इन्टरनेट सेवा भिस्याटबाट चलाए पनि भिस्याटको गति सुस्त हुँदा समस्या भएको बताउछन्।
यता छायाँनाथ रारा नगरपालिका–४ का पृथ्वीबहादुर महताराले दुई हप्ताअघि मलेशियाबाट घरपरिवारका लागि घरखर्च गर्न पैसा पठाएको भए पनि मुगुमा रहेका आफ्ना परिवारले भुक्तानी पाउन नसकेको फोनमार्फत बताए ।
इन्टरनेट सेवा नचलेपछि विभिन्न सेवा आयोगमा खुलेका विज्ञापनका लागि आवेदन फारम भर्न र राजस्व दस्तुर जम्मा गर्न पनि समस्या भएको आयोग तयारी गरिरहेका विद्यार्थीहरु बताउँछन् । यस्तै मुगुमा रहेका बैंकहरु, ठूला वित्तीय संस्थाको कारोवार सफ्टवेयरमार्फत हुँदै आएको र सफ्टवेयर अनलाइनमा मात्र चल्ने भएकाले मुख्य गरी लघुवित्तको कारोवार गर्न समस्या भएको र लगानी, बचत, भुक्तानी जस्ता कार्य गर्न समस्या भएको छायाँनाथ सहकारीका कोषाध्यक्ष हरिबहादुर शाही बताउछन्।
इन्टरनेटजन्य कामहरु महिना दिनदेखि नहुँदा सेवा लिनका लागि टाढाटाढाबाट जिल्ला सदरमुकाममा आउने सेवाग्राही निरास भएर फर्कने गरेका छन् भने देशकै प्रमुख पर्यटकीय क्षेत्र रारामा फोरजी सेवासमेत नचल्दा यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकहरुले राराको सौन्दर्यता इन्टरनेटमार्फत आफन्तजनसँग साट्न पाएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
खप्तडछान्नाका २० हजार बढी नागरिक सञ्चार सम्पर्कविहीन
कात्तिक १, २०८१ बिहिबार
स्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
असोज १, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार