अझै केही दिन मौसम बिग्रने

नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार २१:४४:७

१२ माघ, काठमाडौं । भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ । उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मञ्जु बासीले बदलीसँगै देशका मध्य र पूर्वका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए । सोमबारदेखि मौसममा क्रमिक सुधार आए पनि साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने उनले बताए । मौसमविद् बासीका अनुसार मौसमी प्रणाली भित्रिए पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने वृद्धि नहुने क्रमशः तापक्रम वृद्धि हुँदै जानेछ ।
काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम बदली भई घाम नलागेका कारण बढी चिसो महसुस गरिएको छ । देशका पूर्व, मध्य र पश्चिम तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागे पनि आज अपराह्नदेखि कुहिरो हटिसकेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव चार डिग्री सेल्सियस र अधिकतम तापक्रम १६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।
शनिबार र अघिल्ला केही दिन काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुईदेखि तीन डिग्रीको हाराहारीमा पुगे पनि घाम लागेका कारण चिसो कम भएको थियो । माघ महिनामा दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार