आधिकारिक रुपमा नै फुट्यो बीमक संघ
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार २२:२१:५९
१२ माघ, काठमाडौं । नेपालको बीमा क्षेत्रमा कार्यरत बीमा कम्पनीहरुको साझा संस्था बीमक संघ विभाजित भएको छ । सूर्या लाइफ इन्स्यारेन्स लिमिटेडका सीईओ शिवनाथ पाण्डेको अध्यक्षतामा नयाँ “जीवन बीमक संघ नेपाल” दर्ता भएको आधिकारिक जानकारी आएसँगै बीमक संघ फुटेको हो ।
जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले नयाँ कार्यसमिति गठन गरेका हुन् । यसअघि जीवन तथा निर्जिवन बीमा कम्पनीहरु सबैको एकमात्रै संगठन नेपाल बीमक संघ रहेकोमा निर्जिवन बीमा कम्पनीको हावी बढेको भन्दै जीवन बीमा कम्पनीका सीईओहरुले छुट्टै संस्थाको स्थापना गरेका हुन् ।
नवगठित संस्थाका अध्यक्ष पाण्डेका अनुसार संस्था दर्ता ऐन, २०३४ बमोजिम “जीवन बीमक संघ नेपाल” नामक संस्थाको दर्ता समेत सम्पन्न भइसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संघले दर्ता भएसँगै औपचारिकता प्राप्त गरेको हो ।
यही पुस ९ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयले दर्ता नं ८३३ मा जीवन बीमक संघ नेपाल नामक संस्था दर्ता भएको हो । संघको कार्यालय, काठमाडौं महानगरपालिका वडा नं १० मा रहने जनाइएको छ । मेट लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ निर्मलकाजी श्रेष्ठ उपाध्यक्ष, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सीईओ पोषकराज पौडेल सचिव चयन भएका छन् ।
यसैगरी संघको कोषाध्यक्षमा रिलायन्स लाइफ इन्स्योरेन्सका सीईओ प्रवीणरमण पराजुली चयन भएका छन् भने सदस्यहरुमा राष्ट्रिय बीमा संस्थानका सीईओ कविप्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ मनोजकुमार लाल कर्ण, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सका सीईओ नारायणबाबु लोहनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ राजकुमार अर्याल र ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लि. का डेपुटी सीईओ प्रकाश बिक्रम खत्री चयन भएका छन् ।
संघले जीवन बीमा व्यवसाय तथा सोको विकाससँग सम्बन्धित नीति नियमहरुको तर्जुमा गर्ने तथा कार्यान्वयन गर्ने कार्यमा नियामक निकाय लगायत नेपाल सरकारका अन्य निकायहरुलाई जीवन बीमासँग सम्बन्धित आवश्यक सरसल्लाह एवं सुझाव उपलब्ध गराई सहयोग पु¥याउने लगायतका उद्देश्य राखेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार