सहकारीमा गैरकानुनी सञ्चालककाे बिगबिगी
नेपालबहस संवाददाता
माघ १३, २०७६ सोमबार १४:५४:३७
सहकारी विभागले ऐन कार्यान्वयन नगर्दा सहकारीका संघ/महासंघहरूमा धमाधम गैरकानुनी सञ्चालक समिति चयन हुन थालेको छ ।
सहकारी ऐन—२०७४ले एउटै व्यक्ति एकैपटक दुई वटा संघसंस्थामा सञ्चालक बस्न नपाउने व्यवस्था गरेपनि त्यसयता निर्वाचन भएका राष्ट्रिय सहकारी महासंघसहित जिल्ला र केन्द्रीय संघहरूमा दोहोरो पद हुनेगरी सञ्चालक चुनिएका छन् । कानुनविपरीत सञ्चालक समिति चयन हुँदापनि नियामक निकायले कारवाही गर्न सकेको छैन ।
सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघमै वरिष्ठ उपाध्यक्ष सहित एक दर्जन सञ्चालक दोहोरो—तेहोरो पदमा छन् । वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लसहित सञ्चालकहरू तारा लामा, खेम बहादुर पाठक, भीम तुलाचन, केबी उप्रेती, लक्ष्मण यादव, नारायण देवकोटा, अमृता सुब्बा र गणेश ढकाल विभिन्न जिल्ला तथा केन्द्रीय संघहरूको जिम्मेवारीमा भएपनि महासंघमा चुनिएका छन् । प्रारम्भिक संस्थाहरूको समेत पद गणना गर्ने हो भने एकै व्यक्तिले तीनवटासम्म पद ओगटेका छन् । यसैगरी सार्वजनिक पदमा भएको व्यक्ति सहकारीको सञ्चालक बन्न नपाईने भएपनि प्रदेश सभासद् समेत रहेका व्यक्ति महासंघमा चुनिएका छन् ।
वरिष्ठ उपाध्यक्षमल्ल जिल्ला कृषि सहकारी संघ ललितपुरकी अध्यक्ष हुन् । काठमाडौंमा बचत तथा ऋण सहकारीको अध्यक्ष रहेकी उनी महासंघको चुनावका लागि प्रतिनिधि बन्नकै लागि कृषि सहकारी संघको अध्यक्ष बनेकी हुन् । सञ्चालकहरूमध्ये लामा प्रदेश सभासद् रहेका छन् भने देवकोटा केन्द्रीय दुग्ध सहकारी संघ र जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष हुन् ।
यसैगरी सञ्चालकहरूमध्ये पाठक केन्द्रीय कृषि सहकारी संघमा, तुलाचन रूपन्देही जिल्ला संघमा, उप्रेती राष्ट्रिय सहकारी बैंकमा, यादव पर्यटन सहकारी केन्द्रीय संघमा र ढकाल मोरङको जिल्ला सहकारी संघ र बहुउद्देश्यीय संघमा समेत अध्यक्ष छन् । अर्की सञ्चालक सुब्बा भने सहकारी बैंककी सञ्चालक हुन् ।
महासंघको साधारणसभा पुस २४—२५ गते भएको थियो । महासंघभन्दा एक दिनअघि साधारणसभा भएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा पनि अवस्था उस्तै छ । अध्यक्षसहित सञ्चालकहरूले कानुन विपरित दोहोरो पद लिएका छन् । अध्यक्ष परितोष पौड्याल कृषि सहकारी संघ काठमाडौंको सञ्चालक छन् भने कोषाध्यक्ष दिपक पनेरु काठमाडौं जिल्ला बचत संघका अध्यक्ष हुन् ।
सञ्चालक गोमा नेपाल मोरङ बचत संघमा उपाध्यक्ष, घनश्याम अधिकारी जिल्ला बचत तथा ऋण सहकारी संघ झापा र चण्डीप्रसाद शर्मा जिल्ला बचत तथा ऋण सहकारी संघ बाग्लुङमा समेत अध्यक्ष रहेका छन् ।
यसैगरी हालै निर्वाचन भएको जिल्ला सहकारी संघ काठमाडौं र जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरका अध्यक्ष समेत गैरकानुनी रूपमा पद ओगटिरहेका छन् । काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ र ललितपुरका अध्यक्ष भएका रामहरी बजगाई दुवै सहकारी बैंकको सञ्चालक हुन् ।
गतवर्ष निर्वाचन भएको सहकारी बैंकका सञ्चालकहरू महेन्द्र गिरी, धुव्रनारायण यादव, शिवा थापा, र पार्वती थापा पनि कानुन विपरित दोहोरो पद लिएर बसेका छन् ।
कानुनविपरीत अध्यक्ष तथा सञ्चालक चयन भइरहे पनि नियामक निकायहरूले कारवाही गर्न सक्रियता देखाएका छैनन् । सहकारी विभागका साथै प्रदेश तथा स्थानीय तहहरूले उजुरी नपरेको दावी गरेपनि राजनीतिक दवावका कारण कारवाही गर्न नसकेका हुन् । संघीय व्यवस्थाअनुसार सहकारीको कार्यक्षेत्र अनुसार तीन तहकै सरकारले अनुगमन गर्ने अधिकार छ ।
सहकारी ऐनको दफा ४१ को उफदफा ४ मा ‘कुनै सहकारी संस्थाको सञ्चालक सोही संस्थाको कर्मचारी वा आफ्नो संस्थाले सदस्यता लिएको सहकारी संस्था बाहेक अर्को कुनै सहकारी संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था छ । दफा ४१ को उपदफा ५ मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने उल्लेख छ ।
यसैगरी ऐनको परिभाषासम्बन्धी दफा २ (फ) मा ‘सहकारी संस्था’ भन्नाले संस्था बा संघ सम्झनु पर्छ र सो शब्दले सहकारी बैङ्कलाई समेत जनाउँछ भन्ने व्याख्या गरिएको छ । ऐनका यी व्यवस्थाले एकै व्यक्ति एक भन्दा बढी प्रारम्भिक संस्था या संघमा सञ्चालक बन्न बन्देज लगाएपनि नियामकको वेवास्ताका कारण सहकारी संघसंस्थामा धमाधम ऐन विपरित हुनेगरी सञ्चालक समितिको चयन भइरहेको छ ।
सहकारी नेताहरू भने माथिल्लो संघमा आउन तल्लो तहबाट प्रतिनिधित्व गर्दै आउनुपर्ने भएकाले दुई तहको जिम्मेवारीलाई दोहोरो पदका रूपमा व्याख्या गर्न नहुने दावी गर्छन् । “समानान्तर तहका संघ/संस्थामा एउटै व्यक्ति बस्न नपाउने हाम्रो धारणा हो”सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले भने, “ऐनमासबै तहका सहकारीलाई एउटै परिभाषामा राखिएकाले अव्यवहारिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको हो ।” माथिल्लो तहमा जान तलबाट प्रतिनिधि जाने व्यवस्था भएकाले दोहोरो पद गणना गर्न नहुने उनले दावी गरे ।
तर, वाग्मती प्रदेशले जारी गरेको सहकारी ऐनमा भने माथिल्लो तहमा निर्वाचित हुनेवित्तिकै तल्लो तहको पद छोड्नुपर्ने व्यवस्था गरेको छ । यस प्रदेको नियमनभित्र पर्ने जिल्ला संघ काठमाडौं र मकवानपुर, बचत संघ काठमाडौं र ललितपुरका अध्यक्ष माथिल्लो तहका संघमा सञ्चालक भएपनि दोहोरो पद छोडेका छैनन् ।
विभागका रजिष्टार डा. टोकराज पाण्डे अहिलेसम्म दोहोरो पदसम्बन्धी जानकारी नभएको बताउँछन् । “हामीकहाँ कुनै उजुरी या गुनासो नआएकाले कारवाही गर्न सकेका छैनौं,” उनले भने । कारोबार दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार