शैक्षिक संस्थाले अनुशासित नागरिक तयार गर्नुपर्छ
नेपालबहस संवाददाता
माघ १३, २०७६ सोमबार १४:५६:०
१३ माघ पोखरा । पोखरा महानगरपालिका–३३ स्थित चण्डी माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव एवं ५८ औँ अभिभावक दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सन्तबहादुर थापा, चेतबहादुर महत, लोकबहादुर महत र हेमबहादुर थापा ‘पराजुली’लाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आइतबार सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे ।
साथै उक्त अवसरमा वर्ष उत्कृष्ट अभिभावकमा केशवराज लामिछाने र ज्येष्ठ सदस्यद्वय शेरबहादुर थापा र मिठुमाया खड्कालाई पनि सम्मान गरिएको थियो । मन्त्री पुनले समाजमा योग्य, नैतिकवान र दक्ष नागरिक तयार गर्नु वर्तमानको आवश्यकता भएको बताउँदै अनुशासित नागरिक तयार गर्ने जिम्मेवारी शैक्षिक संस्थाको भएको बताए ।
पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले शिक्षाको गुणस्तरीयता अभिवृद्धिको लक्ष्यलाई आत्मसात् गर्दै विद्यालय अघि बढ्नुपर्ने धारणा राखे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदनकुमार महत, प्रधानाध्यापक खीमबहादुर महत, सरस्वती टीका माध्यमिक विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले, पीताम्बर पौडेल, वासुदेव पौडेल, राजु कार्की, हरिराम पौडेललगायतले यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयले खेलेको भूमिकाबारे प्रकाश पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार