मारवाडी बैंक सिद्धार्थको अधिकांश वित्तीय परिसुचक खस्कँदो क्रममा, कर्जा जोखिम बढ्यो, प्रतिशेयर आम्दानी र जगेडा कोषमा ठूलो गिरावट
आर्थिक संवाददाता
माघ १३, २०७६ सोमबार १८:२०:२८
१३ माघ, काठमाडौं । मारवाडी बैंकको रुपमा परिचित सिद्धार्थ बैंकका पछिल्ला वित्तीय परिसुचकहरु खस्कँदो क्रममा लागेको देखिदैछ । केडिया ग्रुपको वर्चश्व रहेको यो बैंकमा सर्वसाधारण उद्यमी तथा व्यापारीहरुको पहुँच कम तर ठूला व्यवसायिक घरानाहरुको हालीमुहाली रहदै आएको छ ।
मारवाडीहरुको वर्चश्व रहेकाले कर्जा लगानी पनि कर्पोरेट क्षेत्र मै बढी भई यसपटक बैंकको प्रोभिजन रकममा बृद्धि भएको छ । बैंकका अधिकांश परिसुचकहरु खस्कँदा अन्य बैंकहरुको तुलनामा शेयरधनीहरुलाई आर्कषक प्रतिफल बाड्न बैंकलाई सकस पर्ने देखिएको छ ।
सबै बैंकहरुलाई बिग मर्जको हावाले छोएपनि पछिल्लो समय बिजनेश यूनिभर्सल डेभलपमेन्ट बैंकलाइ गाभेपछि मर्जको चर्चा हुन नै छाडेको छ । बैंकमा हाल केडिया समुहका मनोजकुमार केडिया अध्यक्ष रहेका छन् भने संचालक सदस्यहरुमा नरेन्द्रकुमार अग्रवाल, वीरेन्द्रकुमार साह र राजेशकुमार केडियाको संस्थापक मारवाडी समुह क्रियाशिल छ भने बिजनेश यूनिभर्सल डेभलपमेन्ट बैंकका संस्थापक मध्येका दिनेशशंकर पालिखे मात्र अन्य समुहबाट संचालक रहेका छन् । त्यस्तै हसना शर्मा स्वतन्त्र संचालक रहेकी छन् ।
यसैगरि बैंकको उच्च व्यवस्थापनमा शम्भुनाथ गौतम सीईओको रुपमा कार्यरत छन् । त्यस्तै सुन्दरप्रसाद कँडेल, रामेश्वरप्रसाद बस्याल र शेरबहादुर बुढाथोकी लगायतको टीम उच्च तहमा कार्यरत रहेको छ । उच्च पदमा रहेका सबै कर्मचारीहरुले बैंकबाट आर्कषक तलब भत्ता तथा सेवा सुविधाहरु उपयोग गरिरहेका छन् । तर सोही अनुपातमा बैंकले प्रगति भने गर्न सकेको छैन् ।
दोस्रो त्रैमासमा बैंकको खुद मुनाफादेखि प्रतिशेयर आम्दानीमा नराम्रो गिरावट आएको छ । यस्तै स्प्रेडदर राष्ट्र बैंकले तोकेको सीमा भन्दा माथि पुगेको छ । कर्जा जोखिम बढेको, जगेडा कोष र संचित मुनाफा घटेको तथा खराब कर्जामा उल्लेख सुधार हुन नसकेको बैंक आफैले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ ।सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा उत्साहजनक वित्तीय विवरण प्रकाशन गर्न सकेन । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमास र गत आर्थिक वर्षको दोश्रो त्रैमासलाई दाँजेर हेर्दा बैंकको खुद मुनाफामा ४ प्रतिशतको गिरावट देखिएको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब २ करोड खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको दोश्रो त्रैमासमा बैंकले १ अर्ब ६ करोड खुद मुनाफा गरेको थियो ।
सिद्धार्थ बैंकको आर्थिक वर्ष ०७६/७७ को दोश्रो त्रैमास र आर्थिक वर्ष ०७५/७६६ को दोश्रो त्रैमासलाई दाँजेर हेर्दा :
नोट : प्रतिशेयर आम्दानी र किताबी मूल्य गणना गर्दा सामान्य सुत्रबाट गरिएको हो । माघ १२ गतेको बजार मूल्यको आधारमा मूल्य आम्दानी अनुपात निकालिएको हो ।
प्रतिशेयर आम्दानी घट्यो
कम्पनीको हाल चुक्ता पुँजी ९ अर्ब ७८ करोड रहेको छ । चुक्ता पुँजीमा १० प्रतिशतको वृद्धि देखिएको र खुद मुनाफामा ४ प्रतिशतको गिरावट आएको कारणले गर्दा कम्पनीको प्रतिशेयर आम्दानी १३ प्रतिशतले कम हुँदै २० रुपैयाँ ९८ पैसा मात्र छ ।
प्रमुख आम्दानीको श्रोतमा वृद्धि :
खुद मुनाफामा गिरावट आएपनि कम्पनीको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी भने २१ प्रतिशतले वृद्धि भएको छ । बैंकले दोश्रो त्रैमाससम्म २ अर्ब ७७ करोड खुद व्याज आम्दानी गरेको छ ।
यस कारण पर्यो संचालन मुनाफा र खुद मुनाफामा असर :
गतवर्ष दोश्रो त्रैमाससम्म बैंकले ३३ करोड ४१ लाख रुपैयाँ कर्जा जोखिम व्यवस्थापन शिर्षकमा राखेकोमा यो वर्ष भने बैंकले सो शिर्षक (प्राेभिजन) मा ५२ करोड ३७ लाख रुपैयाँ राख्नु परेको देखिन्छ । बैंककाे संचालन खर्च राम्रै वृद्धि हुँदा बैंकको संचालन मुनाफादेखि खुद मुनाफासम्म असर परेको देखिन्छ ।
जगेडा कोष र संचित मुनाफा दुवै घट्यो :
कम्पनीको जगेडा कोष र संचित मुनाफा दुवै घटेको छ । बैंकको संचित मुनाफा ३९ प्रतिशतले घटेर १ अर्ब १० करोड पुगेको छ भने जगेडा कोष ९ प्रतिशतले घटेर ३ अर्ब ८५ करोड पुगेको छ । यसरी संचित मुनाफा र जगेडामा रकम घट्दा बैंकको किताबी मूल्य पनि घट्दै १५० रुपैया ७२ पैसा पुगेको छ । शेयर प्रिमियम शिर्षकमा रकम नै छैन ।
स्प्रेड दर घटाउने चुनौती :
नेपाल रास्ट्र बैंकले व्याजदर अन्तर अर्थात स्प्रेडदरमा आउने असार मसान्तसम्म ४ दशमलव ४० प्रतिशत कायम गर्नुपर्ने भने पनि बैंकको स्प्रेडदर वृद्धि भएर ५ प्रतिशत भन्दा माथि पुगेको देखिन्छ । प्रकशित स्प्रेडदर ५ दशमलव १७ प्रतिशत रहेको छ ।
निक्षेप संकलन र कर्जा प्रवाह राम्रै :
निक्षेप संकलन १० प्रतिशतले वृद्धि हुँदै १ खर्ब २६ अर्ब पुगेको छ भने कर्जा प्रवाह १३ प्रतिशतले वृद्धि हुँदै १ खर्ब १८ अर्ब पुगेको छ ।
मूल्य आम्दानी अनुपात १४ गुणा :
कम्पनीको माघ १२ गतेको बजार मूल्य ३०८ लाई आधार मान्दा मूल्य आम्दानी अनुपात १४ दशमलव ६८ गुणा रहेको छ । माघ १२ गतेसम्म दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन निकालेको बैंकको प्रतिशेयर आम्दानीलाई आधार मान्दा दोश्रो बजारमा बैंकको मूल्य आम्दानी अनुपात अलिकता धेरै भएको अनुभूति हुन्छ ।
खराब कर्जा सामान्य कम हुँदै १ दशमलव ५५ प्रतिशत पुगेकोमा कम्पनीको सीसीडी अनुपात भने ७८ दशमलव ४१ प्रतिशत रहेको छ । बैंक व्यवस्थापन आक्रामक रुपमा कर्जा प्रवाहमा लाग्नु पर्ने देखिन्छ । बैंकले आधार व्याजदर भने कम गराउन सफल भएको छ । आधार व्याजदर थोरै घटेर १० दशमलव ०४ प्रतिशत पुगेको छ ।
निस्कर्ष:
खर्चमा वृद्धि र जोखिम वापत धरै रकम व्यवस्थापन गर्नु पर्दा बैंकले प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा वृद्धि भएपनि बैंकको खुद मुनाफा घट्न पुग्यो । प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी वृद्धि गर्नु सकारात्मक पक्ष रहेको छ । निक्षेप र कर्जामा पनि बैंकले राम्रै प्रगति गरेको देखिन्छ । स्प्रेड दरलाई घटाउने चुनौती चाँही बैंकलाई थपिएको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार