दानाबारी – राजदुवाली सडक कालोपत्रको शिलान्यास
नेपालबहस संवाददाता
माघ १३, २०७६ सोमबार १८:५१:२७
१३ माघ, काठमाडौं । छ दशक अघि यातायात चल्न शुरु गरेको झापादेखि इलाम जोड्ने दानाबारी ( सुखानी ) –राजदुवाली ( इलाम ) सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएका छन् ।
प्रदेश सरकारको पहलमा सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएका हुन् । स्थानीय व्यवसायी सावित्रा ढकाल कालोपत्र सडक निर्माणपछि दानाबारी क्षेत्रले विकासमा फडर्को मार्ने आशा रहेको बताइन् । हिम्ङुङ्ग एण्ड थोकर कन्स्ट्रक्सन प्रालि धापासी काठमाडौँले रु ४५ करोड ४७ लाख १५ हजार ८१९ मा सडक निर्माणको ठेक्का पाएको छ । आगामी २०७९ असार मसान्तमा सम्पन्न गर्ने गरी सडक कालोपत्रको सम्झौता गरिएको छ ।
सात मिटर चौडा रहने कालोपत्र पहिलो चरणमा सुखानीदेखि लोदिया बगैचासेरोसम्म १४ दशमलव सात किलोमिटर सम्पन्न गरिने भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नम्बर १ का सचिव राजेश घिमिरेले जानकारी दिए । सडकको आज प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिलान्यास गरेपछि स्थानीयको मुहारमा खुशी छाएको हो । मन्त्री आङ्बोले विगतमा भएका राजनितिक अस्थिरताको शिकारमा परेको सडक आगामी ३० महिनामा सम्पन्न हुने बताए ।
नगर प्रमुख दीपककुमार थेवेले इलाम र झापा जोडने यो सडक मेरुदण्ड भएको बताए । बर्खाको समयमा हुने सास्तीबाट नगरवासी मुक्त हुने भन्दै उनले खुशी व्यक्त गरे । सडक कालोपत्र भएपछि इलामबाट झापा झर्नेका लागि सहज हुनेछ । सो बाटो हुँदै इलाम सदरमुकामबाट झापाको विर्तामोड पुग्न करिब ५३ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार