बेलायतले हुवावेको फाइभ–जी नेटवर्क बिस्तारका लागि स्वीकृति दिने
नेपालबहस संवाददाता
माघ १३, २०७६ मंगलबार १:५०:२३
१३ माघ एजेन्सी । बेलायतले फाइभ–जी नेटवर्क बिस्तारका लागि मङ्गलबारदेखि चिनियाँ टेलिकम कम्पनी हुवावेको भूमिकालाई स्वीकार गरेका छन् । यद्यपि अमेरिकाले सुरक्षा चासो देखाउँदै कडा असन्तुष्टि व्यक्त गरेपछि यसलाई सीमित सामथ्र्यमा बिस्तार गर्नेगरी अनुमति दिइएको प्राप्त सूचनाहरूमा उल्लेख गरिएको छ ।
संयुक्त अधिराज्यले फाइभ–जी नेटवर्क विस्तारसम्बन्धी महत्वपूर्ण निर्णय लिएको छ, संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेका छन । फाइभ–जी नेटवर्क बिस्तारका बिषयमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई हुवावेलाई पूर्णरूपमा पाखा लगाउन वासिङ्टनले गरेको आग्रह र निरन्तर दवाबबीच यो निर्णय आएको छ ।
तर बेलायतका वरिष्ठ अधिकारीले हुवावेको सेवा विस्तारका लागि सकारात्मक सङ्केत दिएका थिए भने बेलायती फाइनान्सियल टाइम्सले गत हप्ताको अन्त्यमा यसबारे सार्वजनिक प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री जोनसनले मङ्गलबार हुवावेमाथिको प्रतिबन्धित भूमिकालाई ‘स्वीकृति दिने अपेक्षा गरिएको’ समाचार प्रकाशित गरेको थियो ।
आर्थिक दैनिकले बेलायती मन्त्रीहरूले हुवावेको बजार हिस्सामा नियन्त्रणको नीति लिइने बताएका थिए । यसबीचमा बेलायतले हुवावेलाई फाइभ–जीका सहायक प्रविधिजन्य एन्टेना र आधार स्टेसनहरूलाई पोल तथा छानाहरूमा जोड्न नदिनेजस्ता स्वतन्त्र तर व्यापक अनुमानहरू गरिएका थिए ।
संयुक्त राज्य अमेरिकाले हुवावेको नियन्त्रण बेइजिङसँग रहने भन्दै उसको नयाँ पुस्ताको फाइभ–जी मोवाइल नेटवर्कहरूलाई बिस्तार गर्ने बिषयमा चासो व्यक्त गर्दै कडारूपमा असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार