कृषि यान्त्रिकीकरणमा जोड : किसानलाई अनुदानमा कृषि औजार वितरण
नेपालबहस संवाददाता
माघ १४, २०७६ मंगलबार १३:३५:५८
१४ माघ बनेपा । कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले चौरीदेउराली गाउँपालिका–५ वडा कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।
कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले वडा कार्यालयको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । वडाका सबै कृषकलाई समेट्ने गरी पाँच-पाँच जनाको समूह बनाएर प्रतिसमूह एक मिनीटेलर गरी कूल ३० मिनीटेलर वितरण गरेको वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमले बताए ।
“गाउँमा काम गर्नसक्ने जनशिक्त विदेशिएर काम गर्ने मान्छे नभएपछि खेतीमा सहजता प्रदान गर्नका लागि ५० प्रतिशन अनुदानमा मिनीटेलर वितरण गरेका छौँ”, उनले भने, “गोरु पाल्न छाडेको र काम गर्न सक्ने युवा अहिले प्रायः गाउँमा नभएका कारण खेती गर्न नसकेर जमीन बाँझो राख्न थालेपछि सहजताका लागि ४० हजार पर्ने औजारलाई रु २० हजार वडा कार्यालय र २० हजार किसान समूहले ब्यहोर्नेगरी औजार वितरण गरेका हौँ ।”
औजार वितरण गरेपछि काममा सहजता पनि हुने र काम गर्नेले पालैसँग जोत्दा रोजगार पनि पाउने भएकाले यान्त्रिकीकरणलाई जोड दिएको वडाध्यक्ष गौतमको भनाइ छ । यसैगरी वडा कार्यालयको अनुदानमा यहाँका मुख्य बस्तीमा सात कुटानी-पिसानी मिल वितरण गरेको छ । रु ४० हजार पर्ने मिल ५० प्रतिशत अनुदानमा गाउँका मुख्य बस्तीमा वितरण गरेको वडाध्यक्ष गौतमले बताए । वडाका बाँझे, तुसारे, पोखरीडाँडा, सुलिकोट, बिरुवा, रैकर र पञ्चकन्या टोलमा मिल वितरण गरिएको हो ।
त्यस्तै किसानको मागका आधारमा वडा कार्यालयले ५० प्रतिशत अनुदानमा ४० मौरीको घार पनि वितरण गरेको छ । चार हजार पर्ने घार ५० प्रतिशत अनुदानमा वितरण गरिएको वडाध्यक्ष गौतमले बताए । मौरीपालनका लागि गाउँपालिकाभरिकै उपयुक्त रहेको वडा नं ५ का किसानको मागलाई सम्बोधन गरेर घार वितरण गरिएको जनाइएको छ ।
त्यस्तै किसानलाई पाँच प्लाष्टिक पोखरी र प्लाष्टिक टनेल पनि वितरण गरिएको छ । किसानलाई कृषिकार्यमा उत्साह र उत्प्रेरण प्रदान गर्न कृषि वस्तु उत्पादन र खेती प्रणालीमा सहजता प्रदान गर्न सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।
कृषि सामग्री वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले गाउँपालिकालाई विस्तारै औद्योगिकीकरण र यान्त्रिकीकरणलाई जोड दिएको बताए । गाउँका किसानले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने पनि उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार