गमला बनाएर मासिक ५० हजार कमाई
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ १४, २०७६ मंगलबार १६:३९:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/gamala_mCJR162Kf5.jpg)
१४ माघ सुरुङ्गा । झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ । उनले गमला बनाएर नै घर धानेका छन्। शुरुमा गमलासहित दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले उनले गमला मात्रै बनाउछन्।
ग्रामीण क्षेत्रदेखि शहरसम्म नै गमलाको माग बढेपछि उनीसहित उनका श्रीमान् रामेश्वर पण्डित बिहान सबेरैदेखि माटोको काममा निस्कन्छन । गमलाका लागि रामेश्वरले बिहानभरि मुछेको माटोलाई दिउँसो सावित्रादेवीले गमला बनाएर सुकाउछिन्। सावित्राले दैनिक झण्डै १०० वटा गमला बनाउने गर्छन् । ती गमलालाई सुकाएपछि रामेश्वरले भट्टीमा पकाउँछन् र त्यही गमला बेचेर पण्डित परिवारको जनजीविका चलेको छ ।
पण्डित दम्पतीले बनाएको गमला घरबाटै बिक्री हुन्छ । एउटा गमलाको होलसेल मूल्य रु ३० हो । बजारमा रु ५०–६० पर्ने गमलालाई पण्डित दम्पतीले घरबाटै व्यापारीलाई रु ३० मा बिक्री गर्छन्। एक सातामा ५०० गमला बिक्री गर्ने पण्डित दम्पतीले महिनामा दुई हजार गमला बिक्री गर्छन् । साताकै रु १५ हजार गमला बेचेर कमाई गर्ने पण्डित दम्पतीको मासिक कमाई रु ६० हजार हुने गरेको छ ।
त्यसो त माटो खरीदका लागि मासिक रु १० हजार छुट्याउने पण्डित दम्पतीले घरमै बसेर गमला बनाएर मात्रै मासिक रु ५० हजार आम्दानी गर्दै आएका छन् । “बुबा ‘बाबुलाल’ ले यही काम गरे”, रामेश्वरले भने, “बुबाले गरेको देखेर सिकेको हो यो काम, यही कामले हामीलाई बचाएको छ, चार छोराछोरी हुर्कायौँ, बढायौँ र पढायौँ पनि ।”
हिउँदयाममा मात्रै गरिने यो कामसँगै उनीहरु खेती पनि गर्नुहुन्छ । तर, खेतीबाट भन्दा गमला बनाउँदा नै धेरै आम्दानी हुने गरेको रामेश्वरले बताए। “खेती गर्दा कहिले उत्पादन राम्रो दिन्छ, त कहिले उत्पादन दिदैन”, उनले भने, “गमला बनाएपछि नबिक्ला भन्नु पर्दैन, घर बाटै बिक्री हुन्छ । खेतीभन्दा राम्रो आम्दानीको स्रोत हाम्रो गमला बनाउने काम हो ।”
त्यसो त पण्डित दम्पती मात्र होइन, त्यस ठाउँमा बसोबास गर्ने झण्डै ३० घरपरिवार यही पेशामा निर्भर छन् । उनीहरुले माटोकै भाँडाकुँडा बनाएर वर्षौदेखि जीवन निर्वाह गर्दै आएका छन् । “हातमा सीप भए जिउन सकिनेरहेछ”, सावित्राले भनिन “हामी यहाँ फरक–फरक सामग्री बनाएर बिक्री गर्छौँ, कसैले गमला त कसैले दियो, कसैले खुत्रुके अनि कसैले घैला । यही कामले हामीलाई बचाएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमजदुर आन्दोलनका कारण प्राइभेट पेट्रोल पम्प बन्द, सरकारी पम्पमा थेगिनसक्नु लाइन
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार
सास्तीमा छन् निसेलढोरवासी
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार