गल्याङ् बजार मेला : महोत्सवले आर्थिक धरासायी हुने चिन्ता !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ १४, २०७६ मंगलबार १९:२३:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/ghalyang-bazar_iljn8bIdJs.jpg)
१४ माघ स्याङ्जा । गल्याङ बजार जिल्लाको तेस्रो व्यापारीक केन्द्रको रुपमा परिचित बजार हो । यो बजार यतीबेला मेला: महोत्सवले आर्थिक धरासायी हुने होकी भन्ने चिन्तामा छ । गल्याङ नगरपालिकाले दुई उद्योगी व्यवसायीको संस्थालाई समन्वय नगरीदिदा एकै महिनाको अन्तरालमा दुई महोत्सव हुदै छन् ।
उद्योग वाणिज्य संघ गठन भएपछि गल्याङ् उद्योग वाणिज्य संघले हरेक बर्ष महोत्सव गर्दै आएकोमा भर्खर मात्रै गठन भएको गल्याङ् चेम्वर अफ कमर्सले पनि महोत्सव गर्ने तयारीमा जुटेको छ । उदेश्य एउटै बोकेका संस्थाले फरक—फरक तवरले महोत्सव आयोजना गर्दा गल्याङ् बजार र आसपासमा आर्थिक धरासायी हुने भन्दै व्यवसायीहरु चिन्तित् देखिएका छन् । संघिय संरचनामा मुलुक गएपछि तिन तहको सरकार निमार्ण सगै स्थानीय स्तरमा हुने मेला—महोत्सवको स्विकृती स्थानीय सरकार सगँ लिनुपर्ने व्यवस्था रहेको बताइएको छ ।
कुनै बेला स्याङ्जामा एउटा, दुईटा मेला—महोत्सव हुदै आएपनि पछिल्लो समय भने टोलै पिच्छे जस्तो गरी मेला महोत्सव हुदै आएका छन् । २०७६ सालमा स्याङ्जामा करिव एक दर्जन मेला महोत्सव संचालन हुने अनुमान गरिएको छ । अहिले सम्म जिल्लाका विभिन्न क्षेत्रमा भएका मेला महोत्सवले स्थानीय स्तरमा कुनै फाईदा भएको पाइएको छैन । मेला—महोत्सवले स्थानीय स्तरमा फाईदा भन्दा पनि आर्थिक बाहिरीएको देखिन्छ ।
यसरी एकै महिनाको अन्तरालमा दुई महोत्सवको आयोजना गर्न स्विकृति दिने स्थानीय निकाय सगँ समेत स्थानीय व्यवसायी असन्तुष्ट देखिएका छन् । गल्याङ नगरपालिकाले समन्वय गरेर एउटा मात्रै महोत्सव आयोजना गर्न स्विकृति दिनुपर्ने थियो गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्यालले भने । नया कार्यसमिति आएपछि उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्ने भनेर स्थानीय सरकारबाट स्विकृति लिनलाई निवेदन दियौ अर्यालले भने,“स्थानीय सरकारले भर्खर गठन भएको संस्थालाई अगाडी र हामीलाई पछाडी गर्ने अनुमति दियो ।” स्थानीय निकायनै विभिन्न संघसंस्थालाई महोत्सव गर्न उद्त रहेको देखियो उनले भने । गल्याङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवबाट बचेको रकमले बजारमा सिसि क्यामेरा र प्रतिक्षालय बनाएको दावी अर्यालको छ ।
उद्योग वाणिज्य संघले चैत्रको २१ गते देखि २ गते सम्म तेस्रो गल्याङ् महोत्सव गर्दै छ भने गल्याङ् चेम्वरले माघ १६ देखि २६ गते प्रथम गल्याङ् कृषि नगर महोत्सव आयोजना गर्दै छ । चेम्वरले भने कृषि महोत्सव भएको दावी गरेको छ ।
स्थानीय उत्पादन भन्दा पनि बाहिरी सामाग्रीले प्रथामिकता पाउने भएपछि ठुलो धनराशी बाहिरी ने सम्भावना धेरै छ । दुई ओटा महोत्सवले गल्याङ् बजारका व्यवसायी ठुलो मर्कामा पर्ने अवस्था सिर्जना भएको छ । उद्योग वाणिज्य संघले भने व्यवसायीको परामर्स पछि मात्रै महोत्सव संचालन गर्ने जनाएको छ । चेम्वर भने व्यवसायी सगँ कुनै परामर्स नगरी महोत्सवको तयारीमा जुटेको छ ।
आफु खुशी र आफ्ना निकटका व्याक्ति हेरेर स्विकृति दिने स्थानीय निकायका जनप्रतिनिधिको यस्तो प्रचलनले आर्थिक संकट ल्याउन सक्ने अनुमान गरिएको छ । अहिले सम्म स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले छैटौ महोत्सव सम्पन्न गरेको छ भने सुन्तलावारी होमस्टेले पनि सम्पन्न गरिसकेको छ । वालिङमा वण्डफुल वालिङले पर्यटन मेला जारी रहेको छ । फागुन १ गतेदेखि भीरकोट उद्योग वाणिज्य संघले महोत्सवको तयारी तिब्र पारेको छ ।
मेला—महोत्सवले स्थानीय स्तरमा हुने फाईदा र बेफाईदा हेरेर मात्रै आयोजना गर्न स्थानीय निकायले सुझाउनु पर्ने आवश्यकता देखिन्छ । यो बर्ष मात्रै करोडौ रकम बाहिरीने अवस्था जिल्लामा देखिएको छ । जिल्लाको रकम जिल्ला भित्रै खर्च गर्ने परिपाटी बसाल्न सकियो भने मात्रै स्थानीय स्तरको आर्थिक स्तर उस्कने सरोकारवालाको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार