न्यूजील्याण्डमा आमचुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव
नेपालबहस संवाददाता
माघ १४, २०७६ मंगलबार १९:४१:४३
१४ माघ एजेन्सी । न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गरेकी छिन ।प्रधानमन्त्री आर्डनले निर्धारित कार्यतालिकाभन्दा दुई महिना अघि नै चुनाव गर्ने मिति घोषणा गरेकी हुन्। अब न्यूजील्याण्डको आमनिर्वाचन सेप्टेम्बर १९ मा हुनेछ । प्रधानमन्त्री आर्डनले दोस्रो कार्यकालका लागि आफूलाई सशक्त उम्मेदवार रहेको दाबी गरिन।
चुनावको मिति घोषणा गर्दै ३९ वर्षीया प्रधानमन्त्री आर्डनले मेरो नेतृत्व र सरकारको वर्तमान नीतिलाई न्यूजील्याण्डका जनताले समर्थन गर्ने विश्वास लिएको बताइन । अन्तर्राष्ट्रिय रुपमा पनि निकै चर्चित प्रधानमन्त्री आर्डनले क्राइस्टचर्चमा भएको हत्या र ह्वाइट भोल्कानोमा भएको दुःखद घटनालाई संवेदनशील रुपमा सम्हाल्न सफल भएकी थिइन ।
विदेशमा प्रधानमन्त्री आर्डनको लोकप्रियता कायमै रहे पनि स्वदेशभित्र भएको मतसर्वेक्षणमा कमजोर देखिएकी छिन। सरकारको महत्वाकाँक्षी किवीबिल्ड परियोजना आशातित रुपमा अघि बढ्न नसकेपछि उनको चर्को आलोचना भइरहेको छ । यस योजना बमोजिम सस्तो लागतमा एक लाख घर निर्माण गर्ने भनिए पनि त्यो लक्ष पूरा हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार