१ अर्ब ४० करोडको कारोवार हुँदा, बजारले १३०० को विन्दुलाई बलियो टेवा बनाएकै हो ?
आर्थिक संवाददाता
माघ १४, २०७६ मंगलबार २२:३५:३०
माघ १४, काठमाण्डौ: हिजो १३०० को मनोवैज्ञानिक टेवामाथि बन्द भएको बजार आज खुलेबाट नै घट्न मानेको थिएन । बजार आज १३०६ दशमलव १५ को विन्दुमा बन्द भएको छ । बजार परिसूचक नेप्सेमा ५ दशमलव ५२ अंकको वृद्धि देखिएको छ । बजारको खुला विन्दु र न्यून विन्दु एउटै अर्थात १३०० दशमलव ६६ रहेको छ।
कारोवार रकम वृद्धि हुँदै १ अर्ब ४० करोड पुगेको छ । आज १७८ कम्पनीका ३७ लाख ३९ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् । नेप्से परिसूचकमा वृद्धि देखिएपनि सेन्सेटिभ इन्डेक्स भने घटेको छ ।
आज बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा सामान्य शुन्य दशमलव १ प्रतिशतको गिरावट आएको छ । आज ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक २ दशमलव ९१ प्रतिशतको गिरावट देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा सर्वाधिक २ दशमलव ६ प्रतिशतको वृद्धि देखिएको छ ।
आज बजार १३०० दशमलव ६६ को विन्दुमा खुलेकोमा बजारको न्यून विन्दु पनि त्यही रहेको छ । त्यस्तै बजारले ११ बजेर २१ मिनेटमा १३१६ दशमलव ४४ को उच्च विन्दु समातेको थियो । २ बजेर २० मिनेटबाट अलिकता बिक्री चाप आए पनि अन्तिम ५ मिनेटमा थोरै बजार माथिल्लो दिशा तर्फ जान खोजेको थियो । यसरी हिजो बजार १३०० को विन्दु माथि बन्द भएको र आज पनि १३०० को विन्दु भन्दा मुनी बजार नगएकोले १३०० लाई प्राविधिक रुपमा राम्रो टेवा लिएको आकलन गर्न सकिन्छ । तर आज बजारले सुरुवात चरणमै १३१६ दशमलव ४४ को उच्च विन्दु समातेकोमा बजारले आज नै २ पटक त्यो विन्दु पार गर्न खोज्दा असफल भएको देखिन्छ । यो विन्दुलाई पार गर्ने प्रथम लक्ष्य रहेको छ ।
ग्लोबल आईएमई बैंकको ९ करोड ९५ लाख बराबरको शेयर खरिद बिक्री भएको छ त्यस्तै शिखर इन्स्योरेन्सका शेयर धनीले सर्वाधिक ८ प्रतिशतले कमाए भने गुवेश्वोरी फाईनान्सका शेयरधनीले सर्वाधिक ४ दशमलव ३५ प्रतिशतले गुमाए ।
हेरौ आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु:
प्राविधिक बिश्लेषण :
मुख्य प्रतिरोध: १३१७ पहिलो टेवा : १२९५
- आज कारोबारको पहिलो समयमा १३१६ विन्दुसम्म पुगे पछि बजार प्रवृत्तिहिन रहेको थियो। आज नेप्से परिसूचक १३०६ दशमलब १५ को बिन्दुमा बन्द भएको छ ।
- आजको कारोबारले “सूटिङ्ग स्टार” मैनबत्तीको चित्र बनाएको छ। यसले कारोबारको पहिलो समयमा क्रेता हावी रहेको र अन्तिम समयमा विक्रेताको चाप रहेको जनाउँदछ ।
- दैनिकी अवधिमा “आरएसआई” ६५ दशमलब ६६ को बिन्दुमा छ। आरएसआईको प्रवृत्तिले बजार सकारात्मक भई हालेको जानकारी गराएको देखिन्दैन ।
- “एडिएक्स”ले क्रेताको चाप कमजोर हँदै गएको जनाएको छ भने जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरु सामान्य देखिएको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले निश्चित रुपमा जानकारी दिएको देखिंदैन ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १३१७ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १२९५ को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार