सरकारलाई सर्वोच्चको आदेश सापकोटाविरुद्ध मुद्दाको प्रगति एक महिनाभित्र बुझाउनू
नेपालबहस संवाददाता
माघ १४, २०७६ बुधबार ०:५८:४१
१४ माघ काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध दायर भएको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
अधिवक्ता दिनेश त्रिपाठीले हत्याको आरोप लागेका व्यक्तिलाई सभामुखको काम गर्न रोक्न माग गर्दै दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश जारी गरेको हो ।
मंगलबार रिटको पक्षका तर्फबाट निवेदक तथा अधिवक्ता दिनेश त्रिपाठी, सुनीलकुमार पोखरेल, ओमप्रकाश अर्याल, राजु चापागाई, बाबुराम गिरी, विकास भट्टराई र अनन्त लुइँटेल लगायतले बहस गरेका थिए ।
सिन्धुपाल्चोकका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटामाथिको मुद्दामा भएको अनुसन्धानको प्रगतिबारे महान्याधीवक्ताको कार्यालयमार्फत् सरकारलाई प्रश्न गरेको छ। अदालतले यस मुद्दा भएको अनुसन्धानको प्रगति विवरण एक महिनाभित्र सर्वोच्चमा पेश गर्न सरकारलाई आदेश दिएको छ।
अदालतमा सभामुख बनाउन नहुने मुद्दाको सुनुवाइ चलिरहे पनि प्रतिनिधिसभाबाट आइतबार सभामुख निर्वाचित भएका सापकोटाले सोमबारै सपथ लिएर पदभार ग्रहण गरिसकेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार