पर्यटन बोर्डमा रेग्मी, साझा प्रकाशनमा गौतम
नेपालबहस संवाददाता
माघ १४, २०७६ बुधबार १:०:३४
१४ माघ, काठमाडौं । रिक्त रहेको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनञ्जय रेग्मी नियुक्त भएका छन । आज रेग्मीलाई नेपाल पर्यटन बोर्डको सञ्चालक बोर्डले सीईओ नियुक्ति गर्ने निर्णय गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० मानाइरहेको अवस्थामा सञ्चालक बोर्ड बैठकले डिसेम्बर २३ गतेदेखि रिक्त पदमा उनलाई सीईओ नियुक्ति गर्ने निर्णय गरेको हो । पर्यटन बोर्डका संचालक समिति सदस्य तथा छनौट उपसमिति सदस्य कृष्णबहादुर महराले बोर्डमा रेग्मीलाई नियुक्ति गरिएको जानकारी दिए ।
सीईओ छनोट उपसमितिले नयाँ सिइओका लागि आवदेन दिएका १७ जनाबाट ९ जनाको नाम ‘सर्ट लिस्ट’ गरी धनञ्जय रेग्मी, हिकमत सिंह ऐर र दीपक बस्ताकोटीको नाम नेपाल पर्यटन बोर्डको सञ्चालन समितिमा रिफारिस गरेको थियो।
को हुन् रेग्मी ?
भूगर्भ तथा हिमनदीका विषयमा विज्ञता हाँसिल गरेका धनञ्जय रेग्मी हिमालय रिसर्च एक्पिडिसन प्राइभेट लिमिटेडको अध्यक्षका रूपमा काम गरिरहेका व्यक्ति हुन् ।
उनले जापानको होक्काइदो विश्वविद्यालयबाट सन् २००६ मा इन्भाइरोमेन्टल अर्थ साइन्समा विद्यावारिधि गरेका थिए। त्यस अघि उनले बुढानीलकण्ठ उच्च माध्यमिक विद्यालयमा भूगोलशास्त्रको अध्यापन पनि गरेका थिए। त्यस्तै उनले हिमालयन रिसर्च सेन्टर, काठमाडौंमा अनुसन्धानकर्ताका रूपमा पनि लामो समयसम्म काम गरेका छन् ।
हाल उनी त्रिभुवन विश्वविद्यालय भूगोल तथा वातावरणविज्ञान केन्द्रीय विभागमा सहायक प्रोफेसरका रूपमा समेत काम गरिरहेका छन् । डा रेग्मी नेपाल भौगर्भिक समाजको उपाध्यक्षसमेत हुन् ।
उनी सन् २००७ देखि जलवायु परिवर्तन र पारिस्थितिक प्रणालीबारे निरन्तर अध्ययनमा छन् । अन्तराष्ट्रिय संस्था सोसाइटी अफ इकोलोजिकल रेस्ट्रोरेसन (एसइआर) नेपाल च्याप्टर प्रमुखका रूपमा पनि काम गरिसकेका छन् । उनले हिमनदी तथा हिमतालसम्बन्धी प्राविधिक सल्लाहकारका रूपमा ‘इम्जा लेक लोअरिङ प्रोजेक्ट’मा पनि काम गरिसकेका छन् ।
विद्यावारिधि उपाधि लिएपछि उनले जापानको ग्लोबल ल्यान्ड प्रोजेक्ट (एनओडिएयल)मा पनि अनुसन्धानकर्ता थिए । त्यस्तै संयुक्त राज्य अमेरिकाको अरिजोना विश्वविद्यालयबाट डेन्ड्रोक्रोनोलोजी विषयमा तीनमहिने पोस्ट डक्ट्राइन कोर्स गरेका थिए ।
साझा प्रकाशनको महाप्रबन्धकमा गौतम
साझा प्रकाशन सञ्चालक समितिको यही माघ ११ गतेको निर्णयानुसार झापा जिल्ला शिवसताक्षी–२ निवासी होमप्रसाद गौतम साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त भएका छन् ।
यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव ऋषिराम पङ्गेनीले महाप्रबन्धकको समेत जिम्मेवारी बहन गरेका थिए । राजनीति तथा समाजसेवामा विगत चार दशकदेखि अनवरत लागेका गौतमले झापा जिल्लाका विभिन्न स्थानीय नेतृत्वमा रही जिम्मेवारी पूरा गरिसकेका छन् । विगत केही वर्षदेखि अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको साझा प्रकाशन गौतमको नेतृत्वमा सबल र सक्षम हुने विश्वास लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
ओशो पार्कमा पर्यटकको चहलपहल, व्यवसायी खुसी
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार