राष्ट्रपति ट्रम्पद्धारा मध्यपूर्व शान्तिको नयाँ योजना पेस
नेपालबहस संवाददाता
माघ १५, २०७६ बुधबार १७:३२:९
१५ माघ एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्य पूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरेलको अविभाजित राजधानी कायम राख्ने वाचा गरेका छन्।
उनले स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट ब्याङ्कका बसोबासमाथि इजरेलको सार्वभौमिकता पनि प्रस्ताव गरेका छन्। ट्रम्पले उनको मध्यपूर्व शान्ति योजना इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा ह्वाइट हाउसमा सार्वजनिक गरे। उनले आफ्नो योजनालाई प्यालेस्टाइनीहरूको निम्ति अन्तिम मौका पनि भने।
‘आजको सम्झौता प्यालेस्टाइनीहरूलाई उनीहरूको स्वतन्त्र राज्य स्थापनाको सपना सार्थक पार्ने ऐतिहासिक अवसर हो। सत्तरी वर्षदेखि कुनै प्रगति नभएको सन्दर्भमा यो उनीहरूलाई अन्तिम मौका हुन सक्छ,’ उनले भने। छेउमै उभिएका इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ती योजनाको प्रशंसा गरे। तर प्यालेस्टाइनी प्रधानमन्त्री महमुद अब्बासले उक्त योजनालाई ‘षडयन्त्र’ भन्दै अस्वीकार गरिदिएका छन्।
‘म ट्रम्प र नेतान्याहुलाई भन्छु: जेरूसलेम विक्रीमा छैन। हाम्रा सबै अधिकार विक्रीमा छैनन् न त त्यसमा लेनदेन हुन्छ। यो षडयन्त्र सफल हुँदैन,’ रमल्लाहमा टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले भने। संसारको सबभन्दा लामो समयदेखि जारी द्वन्द्वलाई समाधान गर्न प्रस्तावित उक्त योजनाको मस्यौदा राष्ट्रपति ट्रम्पका छोरी ज्वाइँ ज्यारेड कुश्नरको अगुवाइमा भएको हो।
मङ्गलवार गाजा क्षेत्रमा हजारौँ प्यालेस्टाइनीहरूले विरोध प्रदर्शन गरे। इजरेली सेनाले अधिनस्थ वेस्ट ब्याङ्कमा सैन्य उपस्थिति थप बलियो पारेको छ। ट्रम्प विरुद्ध लागेको महाभियोगको सुनुवाइ अमेरिकि सिनेटमा भइरहेको छ। प्रधानमन्त्री नेतान्याहुमाथि भ्रस्टाचारका आरोप लागेका छन्।
मङ्गलवार उनले भ्रस्टाचारविरुद्ध उन्मुक्ति माग्ने प्रयास त्यागेका थिए। दुवै जनाले आफूहरूको गल्ती नभएको बताउने गरेका छन्। इजरेलका निम्ति अमेरिकी राजदूत डेभिड फ्रिडम्यानले सो घोषणाको समय कुनै राजनीतिक विकासक्रमसँग नजोडिएको बताएका छन्।
कसले के भने ?
साउदी अरेबिया र इजिप्टले ट्रम्पको योजनाको स्वागत गरेका छन्। तर साउदी अरेबियाका राजा सलमानले प्यालेस्टाइनी राष्ट्रपतिलाई टेलिफोन गरेर आफ्नो देश प्यालेस्टाइनी मुद्दाप्रति कटिबद्ध रहेको पनि बताएका छन्। इजिप्टले प्यालेस्टाइन तथा इजरेल दुवैलाई राष्ट्रपति ट्रम्पको शान्ति योजना सचेततापूर्ण विचार गर्न र वार्ता पुन: शुरु गर्न आह्वान गरेको छ।
इजिप्टको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् उक्त आह्वान गरेको छ। तर जोर्डनले भने मध्यपूर्वमा शान्ति स्थापना गर्ने एउटै बाटो भनेको सन् १९६७ भन्दा अघिको सिमाना बमोजिम स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना हो भनेको छ। त्यही समयमा इजरेलले वेस्ट ब्याङ्क तथा गाजामा कब्जा गरेको थियो। लेबननस्थित इरान समर्थित हेज्बोल्लाह समूहले ट्रम्पको योजनाले प्यालेस्टाइनी शरणार्थीको फिर्ता हुने अधिकार तथा प्यालेस्टाइनी जनताको भूमि अधिकार हनन गर्ने भन्दै त्यसलाई थोपर्ने प्रयास भनेको छ।
बीबीसीका रक्षा सम्वाददाता जनाथन मार्कस भन्छन् हालसम्म इजरेल र प्यालेस्टाइनबीचको विमतिको सबभन्दा चुनौतीपूर्ण पक्ष भनेको सिमानाको मुद्दा, जेरूसलेमको हैसियत, र प्यालेस्टाइनी शरणार्थीको भविष्य रहेका थिए, जसलाई ती दुईको सीधा वार्तामार्फत् समाधान गर्ने भनिएको थियो। तर ट्रम्पको योजनामा ती सबै विमतिलाई इजरेलको पक्षमा समाधान गरिने प्रस्ताव गरिएको उनको विश्लेषण छ।
सो योजना निर्माणको चरणमा प्यालेस्टाइनीहरू अनुपस्थित मात्र थिएनन्। उनीहरूले अमेरिकाले एकपक्षीय रूपमा दूतावास जेरूसलेम सारेपश्चात् ट्रम्प प्रशासनलाई बहिष्कार गर्दै आएका थिए। मार्कस भन्छन् अहिले आएर प्यालेस्टाइनीहरूको सामुन्ने समयसीमा राखिएको छ । उनीहरूलाई ट्रम्पको शर्त मान्न चार वर्ष जतिको समय दिइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार