रौतहटमा गोली चल्यो, भारतीय नागरिक प्रहरीको नियन्त्रणमा
नेपालबहस संवाददाता
माघ १५, २०७६ बुधबार १८:३६:४८
१५ माघ, काठमाडौं । रौतहटको भारतीय सीमा क्षेत्रमा गएराति प्रहरी गस्ती टोली र भारतीय अपराधीबीच दोहरो भिडन्त भएको छ ।
भिडन्तमा प्रहरीको गोली लागेर घाईते भएका एकजना मोस्टवान्टेड भारतीय अपराधीलाई प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिन सफल लिएको छ । जिल्लाको दक्षिणी भेग तथा भारत कुण्डवा चैनपुर थाना क्षेत्रको सामुन्ने पर्ने इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल–भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमा भारतीय अपराधी र प्रहरी गस्ती टोलीबीच गोली हानाहान भएको थियो ।
गोली हानाहानमा भारत, बिहार मोतिहारी कुण्डवा चैनपुर थानाक्षेत्र अन्तर्गत जटौलिया ग्राम पन्चायत वडा नं। ४ का शेख चाँद अलीको दाहिने खुट्टामा गोली लागेर घाइते भएको जिल्ला प्रहरी रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिएका छन् ।
राति १२ बजेको समयमा प्रहरी गस्ती टोली र अपराधी समूहबीच जम्काभेट हुँदा अपराधी समूहको तर्फबाट गोली चलाएपछि प्रहरीको जवाफी कारवाहीमा मोस्टवान्टेड भनिएका शेख चाँदको खुट्टामा गोली लागेको हो ।
गत पुस ९ गते ईशनाथ नगरपालिकाको कार्यालयमा बम, गत पुस ६ गते ईशनाथ–४ मा रामअवध सिंहको मदिरा पसलमा बम र गत मंसिर २१ गते राजपुर नगरपालिका–७ स्थित चौधरी ईटा भट्टामा आफ्नै समूहले बम राखेको चाँद अलीले स्विकारेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताएका छन् ।
उक्त समूह लामो समयदेखि रौतहटका विभिन्न पालिकाका जनप्रतिनिधि, कर्मचारी, ब्यापारी लगायतलाई थर्काएर पटक पटक चन्दा संकलन गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । भारतीय अपराधी चाँद अली समूहमाथि यसअघि नै विभिन्न अपराधमा संलग्न रहेको आरोपमा चारवटा मुद्दा दर्ता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार