नेप्से परिसूचक घट्दा पनि लघुवित्तका शेयरधनी मालामाल हुनुको यस्तो छ कारण
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
माघ १५, २०७६ बुधबार २२:१०:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/Sub-10_QH2GW1bMyo.png)
माघ १५, काठमान्डौ : लघुवित्त कम्पनीका शेयरधनीहरु खुशी भएको दिन नेप्से परिसुचक भने सामान्य अंकले घटेको छ । बुधवार नेप्से परिसूचक शुन्य दशमलव २७ अंकले घटेर १३०५ दशमवल ८८ को विन्दुमा बन्द भएको छ । आज १७६ कम्पनीको शेयर खरीद बिक्री हुँदा १ अर्ब २९ करोड बराबरको कारोवर भएको छ ।
आज लघुवित्त कम्पनीहरुको शेयरमा लगानीकर्ता निकै आर्कषित हुँदा आज लघुवित्त कम्पनीहरुको उपसुचकमा सर्वाधिक ४ दशमलव ३४ प्रतिशतको वृद्धि देखिएको छ । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा भने सामान्य शुन्य दशमवल ७ प्रतिशतको गिरावट देखिएको छ । आर्थिक वर्ष ७६/७७ को दोश्रो त्रैमासको वित्तिय विवरणमा लघुवित्त कम्पनीहरुको नाफामा आकर्षक वृद्धि देखिएकाले लगानीकर्ताहरु लघुवित्त कम्पनी तर्फ आकर्षित भएको शेयर बजारको जानकार बताउछन । कम पुँजी, बजारमा शेयर संख्या कम भएको कारणले गर्दा लघुवित्तमा छिटो बुल देखिएको छ ।
आज बजार १३०६ दशमवल १६ को विन्दुमा खुलेकोमा बजार ११ बजेर ४२ मिनेटमा १३११ दशमवल ७५ को उच्च विन्दु सम्म पुगेको थियो । त्यस्तै १२ बजेर २५ मिनेटमा बजार १३०२ दशमलव १५ को न्यून विन्दुसम्म पुगेको थियो। १३०० को विन्दुलाई मनोवैज्ञानिक टेवा र प्राविधिक टेवाको रुपमा देखिएको छ ।
आज नाडेप लघुवित्तको सर्वाधिक शेयर कारोवारसंगै बजार मूल्य पनि सर्वाधिक वृद्धि भएको छ । त्यस्तै प्रोग्रेसिभ फ़ाईनान्सका शेयर धनीले सर्वाधिक गुमाए ।
हेरौं आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु:
प्राविधिक बिश्लेषण :
मुख्य प्रतिरोध : १३१७ पहिलो टेवा: १३००
- आज नेप्सेमा उतारचडाब कम रहेको छ । आज नेप्से परिसूचक १३०५ दशमलब ८८ को बिन्दुमा बन्द भएको छ ।
- आजको कारोबारले “डोजी” मैनबत्तीको चित्र बनाएको छ । यसले बजारमा माग र आपूर्ती लगभग बराबर रहेको जानकारी गराउँदछ ।
- दैनिकी अवधिमा “आरएसआई” ६५ दशमलब ५६ को बिन्दुमा छ । आरएसआईको प्रवृत्ति “न्यूट्रल जोन”भन्दा माथि रहेको छ भने निश्चित दिशा तय गरेको देखिन्दैन ।
- “एडिएक्स”ले क्रेताको चाप कमजोर हँदै गएको जनाएको छ भने जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरु तटस्थ अवस्थामा देखिएको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले निश्चित रुपमा जानकारी दिएको देखिंदैन । नेप्से बढेमा पहिलो प्रतिरोध १३१७ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३०० को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
मोरङमा बज्राचार्यको भब्य प्रस्तुति, मध्यरातसम्म मनमगनमा नाचे दर्शक
फागुन ५, २०८१ सोमबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार